• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

“कामरेड जलजला” उपन्यास झन् झन् अमर बन्दै जाने छ


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    “कामरेड जलजला” उपन्यास अब सार्वजनिक रूपमा नै उपलब्ध छ । यो पुस्तकको शुद्धाशुद्धि हेर्ने काम मुख्यतः प्राडा सुकुम शर्मा र त्यसपछि मैले गरेका हौँ । अन्तिम सेटिङ प्रुफ मैले नै हेरेको थिएँ । पाँच लाखभन्दा बढी शब्दको सागर छिचोल्दै १,३२० पेजको दुरी यात्रा गर्नु निश्चय नै हामीलाई कठिन काम भएको थियो । डाक्टर सापको कुरा त मलाई थाहा छैन, यति ठुलो शब्दसागरमा शुद्धाशुद्धि हेर्ने जिम्मेवारी मलाई पहिलोपटक प्राप्त भएको थियो ।

    यसभन्दा पहिले मैले करिब २.५ लाख शब्दको र ६३२ पेजको “कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंह” पुस्तकको प्रुफ रिडिङ गरेको थिएँ । त्यो पुस्तक प्रकाशित भएपछि त्यसमा म आफैले त्यहाँ कतै कतै प्रुफ कमजोरी भएको पत्ता लगाएको थिएँ तर त्यसका कारणले त्यो किताबको महत्त्व र स्तरीयतामा कुनै कमी आएको थिएन ।

    इतिहास लेखनमा आलोचनात्मक चेत, लेखकीय तटस्थता र लेखकको दृष्टिकोण इतिहास लेखनमा आवश्यक छ भन्ने धारणालाई त्यो पुस्तकले थप योग पुर्‍यायो । विश्वसनीयता र आधिकारिकताका दृष्टिले त्यसको बेग्लै महत्त्व भएको कुरा त अलग्गै छ । त्यसैले त्यो पुस्तकबारे धेरै विद्वान र पाठकको सकारात्मक धारणा रहेको छ ।

    यो प्रसङ्ग मैले यसकारणले उल्लेख गरेँ कि शुद्धता महत्त्वपूर्ण छ तर त्यो मुख्य होइन । मुख्य कुरा पुस्तकले लिएको उद्देश्य, विचार र औचित्यता हो । त्यसले नै पुस्तकको गरिमा प्रस्तुत गर्दछ ।

    “कामरेड जलजला” उपन्यास पढ्ने काम अब सुरु भएको छ । यसको गरिमा, महत्त्व र औचित्यताबारे छलफल हुँदै जाने छ । त्यसबारे विभिन्न धारणा आउने छन् भन्ने आशा गर्न सकिन्छ ।

    यो उपन्यासलाई शुद्ध बनाउन हामीले प्रयास गरेका छौँ तर त्यो कमजोरीरहित छ भनेर हामीले भन्न सक्दैनौँ र त्यो भन्न सकिने कुरा पनि होइन । पहिले थोरै आँखाले धेरै हेरेर यो पुस्तक प्रस्तुत गरिएको हो । अब धेरै आँखाले थोरैलाई पनि मजाले देख्न सकिने छ र यो पुस्तक झन् शुद्ध बन्न सक्ने छ । त्यसपछि पनि कमजोरीबाट पुस्तक पूर्ण रूपले मुक्त भयो भन्न सकिने छैन । थप शुद्धता र परिमार्जनको खाँचो परिरहने छ । त्यसबाट पुस्तक झन् समृद्ध हुने छ र कृति झन् झन् अमर बन्दै जाने छ ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.