• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘बिआरआई र एमसिसीमाझ फरक छ’ राजमो भन्छ– ‘बिआरआई अगाडि बढाऔँ’


  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बिआरआई र एमसिसीमाझ फरक रहेको दाबी गर्दै बिआरआईलाई अगाडि बढाउन आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १४ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो धारणा व्यक्त गरेको हो ।

    प्रेसवक्तव्यमा राजमोले बिआरआई विकास परियोजना भएको तर एमसिसी अमेरिकाको सुरक्षा परियोजना रहेको बताएको छ ।

    त्यस्तै, विदेशी अनुदान र ऋण लिन नहुने तर्क आफैमा गलत भएको बताउँदै वक्तव्यमा चीनसित ऋण लिनुहुन्न भन्नेहरूले अन्य निकायबाट ऋण लिएकोमा आपत्ति प्रकट गरिएको छ ।

    एवम् प्रकारले राजमोले प्रधानमन्त्रीले पहिला भारत भ्रमण गर्नुपर्ने तर्कको प्रतिवाद गरेको छ । देशको आवश्यकता र निमन्त्रणअनुसार कुनै पनि देशको भ्रमण गर्न सकिने राजमोले स्पष्ट पारेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अहिले देशको राजनीतिमा उठेका दुईटा विवादबारे राष्ट्रिय जनमोर्चाको दृष्टिकोण सार्वजनिक गर्न यो वक्तव्य जारी गरेका छौँ ।

    १. प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको विषयलाई लिएर नेपालका प्रधानमन्त्रीले पहिला भारतको भ्रमण नगरी अन्य मुलुकको भ्रमण गर्ने कुरा ठिक हुँदैन भन्ने विषयमा कतिपयले विवाद उत्पन्न गरेको पाइन्छ । ओलीको चीन भ्रमणको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले व्यापक विरोध पनि गरेको पाइएको छ । प्रधानमन्त्रीले पहिला भारत भ्रमण नगरी चीन वा अन्य मुलुकको भ्रमण गर्नुहुँदैन भन्ने सोचाइलाई हामीले सही मान्दैनौँ । यो भारतपरस्त सोचाइ हो । नेपालका प्रधानमन्त्रीलाई जुन देशबाट पहिला निमन्त्रणा आउँछ, मुलुकको आवश्यकताअनुसार सम्बन्धित देशको भ्रमण पहिला गर्न सक्ने कुरा हाम्रो मुलुकको सार्वभौम अधिकारको प्रश्न हो । पहिला प्राप्त निमन्त्रणाको आधारमा आवश्यकताअनुसार चीन, भारत वा अन्य कुनै पनि मुलुकमा हाम्रो देशको प्रधानमन्त्रीले भ्रमण गर्न सक्दछन् । भारत भ्रमण नगरी अन्य मुलुकको भ्रमण गर्नुहुँदैन भन्ने विवाद अनावश्यक र असान्दर्भिक रहेको छ ।

    २. चीनको बिआरआई परियोजनामा नेपालले हस्ताक्षर गरेको थुप्रै समय भइसकेको छ तर त्यसको कार्यान्वयन सम्झौतामा विभिन्न बाह्य शक्तिको प्रभाव, दबाब वा हस्तक्षेपका कारण अहिलेसम्म हस्ताक्षर भएको छैन । बिआरआईमा अनुदान लिने तर ऋण लिनुहुँदैन भन्ने विवादलाई सही मान्न सकिन्न । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले नेपालमा चीनको बिआरआई सम्झौता कार्यान्वयनमा बाधा पार्ने पुरा षड्यन्त्र गरिरहेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा बिआरआई सम्झौता कार्यान्वयनमा नेपालले हस्ताक्षर गर्नुपर्दछ । आवश्यकताअनुसार मुलुकको विकासका लागि अनुदान तथा ऋण आफ्नो मुलुकको हितअनुकूल दुईटै लिन सकिन्छ । बिआरआईमा ऋण लिनुहुन्न भनेर विवाद उत्पन्न गरिरहेका दलहरूले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष वा विभिन्न मुलुकसँग पनि ऋण लिनुहुँदैन भनेर भन्न सकेको पाइदैन । अमेरिकालगायतका विभिन्न मुलुक तथा वित्तीय संस्थाबाट ऋण लिने तर चीनबाट ऋण लिनुहुन्न भन्ने सोचाइ वास्तवमा बिआरआईलाई नेपालमा लागु हुन नदिने नै षड्यन्त्र हो । त्यसको हामीले घोर विरोध तथा भर्त्सना गर्दछौँ ।

    ३. बिआरआई चीनको एउटा अन्तर्राष्ट्रिय स्तरको विकास परियोजना हो । बिआरआई र एमसिसीका बीचमा अन्तर छ । एमसिसीको सम्बन्ध सुरक्षा रणनीतिसँग जोडिएको छ । बिआरआई र एमसिसीलाई एउटैमा राखेर तुलना गर्ने कुरा सही हुन सक्दैन । एमसिसीअन्तर्गतको विकास परियोजना मुख्यतयाः आफ्नो सुरक्षा वा चीनका विरुद्ध सैन्य गठबन्धनको रणनीतिमा विकासोन्मुख मुलुकलाई आबद्ध गर्न नै अगाडि सारिएको हो तर बिआरआई परियोजनामा अहिलेसम्म पछाडि कुनै सुरक्षा रणनीति वा कुनै मुलुकका विरुद्ध गठबन्धनको उद्देश्यले काम गरेको पाइँदैन । भविष्यमा गएर बिआरआईमा नेपाललाई सामेल गरेर यदि कुनै मुलुकका विरुद्ध प्रयोग गर्न खोजिन्छ वा नेपालको राष्ट्रिय हितप्रतिकूल हुन्छ भने त्यो नेपालका लागि स्वीकार्य हुन सक्दैन तर तत्काल त्यस प्रकारको स्थिति नभएकाले बिआरआईको कार्यान्वयन सम्झौतालाई अगाडि बढाइनुपर्दछ ।”

    शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.