काठमाडौं । शुक्रबार साँझ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
मन्त्रालयले शुक्रबार साँझ सवा ८ बजे जारी गरेको विज्ञप्तिमा पर्साका ९ र १० वषीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरमा २५ वर्षीय पुरुष, दाङमा २३, ३६, ३४ वर्षीय पुरुष संक्रमित भएका छन् । यस्तै, काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ ।
