• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल बुद्धिजिवी संघको महासचिवमा भरतमणी भण्डारी


  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघको महासचिवमा भरतमणी भण्डारी चयन हुनुभएको छ । भण्डारी यसअघि संघको सचिव हुनुहुन्थ्यो ।

    Advertisement

    बुद्धिजिवी संघको शुक्रबार बसेको सचिवालयको अनलाइन बैठकले भण्डारीलाई महासचिवमा चयन गरेको हो । अजय शर्माले सो महासचिव पदबाट राजीनामा दिएपछि सो पदमा भण्डारीलाई चयन गरिएको अध्यक्ष प्राध्यापक डा. श्रीधर गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले भारतले गरेको सीमा अतिक्रमणको भर्त्सना गर्दै सरकारलाई अतिक्रमित भूभागसहितको नयाँ नक्सा सार्वजनिक गर्न माग गरेको छ । यस्तै, कोरोना संक्रमण फैलन नदिन प्रभावकारी कदम चाल्न तथा विदेशमा अलपत्र नेपालीलाई घर ल्याउन पनि माग गरेको छ ।

    संघले जारी गरेको विज्ञप्तिका तीन बुँदा यस्ता छन्ः
    १) नेपालको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक समेतका क्षेत्र भारतले अतिक्रमण गरेको छ । उक्त नेपालको भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर ९चीन० जोड्ने सडक निर्माण गरेर भारतीय साम्राज्यवादले पुनः आफ्नो नेपाल माथिको अतिक्रमण र सार्वभौमसत्तालाई चुनौति दिएको छ । भारतको त्यसप्रकारको नीति र कार्यका विरुद्ध देशका राजनीतिक पार्टी, संघ, संस्था तथा आम नेपाली जनसमुदायहरुले संघर्ष गरिरहेका छन् । हाम्रो संगठनले पनि भारतीय साम्राज्यवादको त्यसप्रकारको नीति र कार्यको घोर विरोध र भर्त्सना गर्दै अहिले त्यसका विरुद्ध चलिरहेको संघर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

    भारतले उपरोक्त क्षेत्रहरु आफ्नो नक्साभित्र पारेर केही महिला अगाडि नयाँ नक्सा जारी गरेको थियो । त्यसका विरुद्ध चलेको संघर्षको परिणाम स्वरुप उक्त भूमि नेपाललाई फिर्ता गराउन प्रभावकारी कदम चाल्न र उक्त भूभागलाई समावेशगरी नक्सा जारी गर्न नेपाल सरकारलाई राष्ट्रिय दबाब दिएको थियो । सरकारले त्यसमा सम्मती पनि दर्शाएको थियो । अहिले आएर त्यो नक्सा जारी गर्न नसकिने भनी प्रधानमन्त्री ओलीले बोलेका छन् ।

    यो उनको नेपाल र नेपाली जनताको हितविरुद्धको विचारको हामीले तीव्र रुपमा विरोध गर्दछौँ । उक्त भूभाग फिर्ता गर्ने द्विपक्षीय कुटनीतिक तथा राजनीतिक पहलकदमी बढाउँदै यस विषयलाई अन्तर्राष्ट्रिय क्षेत्र अर्थात् संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने आवश्यकता बढेर गएको छ । त्यसप्रकारको नक्सा पनि छिटोभन्दा छिटो जारी गर्न जोडदार माग गर्दछौँ ।

    २) अहिले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिएर ३ लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ र लाखौं मानिसहरु संक्रमित भएका छन् । ती मृत्यु भएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै संक्रमित मानिसहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । नेपालमा कोरोनाको संक्रमणबाट कसैको ज्यान गएको छैन, तर हालैका केही दिनहरुमा त्यो संक्रमण बढिरहेको छ । त्यसको रोकथाम गर्न प्रभावकारी कदम चाल्नु पर्छ । अन्यथा यदि यसले महामारीको रुप लियो भने देशमा भयावह स्थितिको सिर्जना हुनेछ ।

    विदेशमा कोरोनाबाट नेपालीको मृत्यु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । विदेशमा रहेका संक्रमित वा त्यहाँ बस्न असुविधाका कारण वा त्यहाँको सरकारले फिर्ता जान दबाव दिएर स्वदेश आउन चाहेका छन् । भारतको सिमावर्ती क्षेत्रमा हजारौं नेपालीहरु विगत १–२ महिनादेखि अलपत्र परेका छन् । त्यहाँ उनीहरुले ठूलो कष्ट बेहोर्न परेको छ । तर, सरकारले ती विदेशस्थित नेपालीहरुलाई देशभित्र ल्याउन चाहेको छैन । सरकारले तीनलाई देशभित्र ल्याएर व्यवस्थापन गर्न नसकिने डरले ल्याउन नचाहेको हुन सक्छ । सरकारको त्यसप्रकारको विचारप्रति हामीले दुःख प्रकट गर्दछौँ र यो संकटको घडीमा जहाँसुकै रहेका नेपालीहरु स्वदेश फिर्ता हुन चाहान्छन् भने त्यसको व्यवस्थापन गर्न हामीले जोडदार माग गर्दछौँ ।

    ३) केन्द्रीय समितिका महासचिव अजय शर्माले आफूले काम गर्न असमर्थ भएको र पदबाट हट्न चाहेको कुरा जानकारी गराउनु भएको थियो । उहाँको त्यो कुरालाई बैठकले स्वीकार गरेको छ । रिक्त महासचिव पदमा सचिव श्री भरतमणी भण्डारीलाई र रिक्त हुन आएको सचिव पदमा सदस्य श्री भानुभक्त भारतीलाई मनोनयन गरिएको छ ।’

    शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.