• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सीमा अतिक्रमणबारे युवक संघको अन्तरक्रिया


  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर,काठमाडौं ।
    खिल नेपाल युवक सङ्घले सीमा अतिक्रमणबारे अन्तरक्रिया सम्पन्न गरेको छ । भारतले नेपाली भूमि लिम्पियाधुरा हुँदै चीनको मानसरोवरसम्म पुग्ने सडकको उद्घाटन गरेसँगै त्यसको विरोधमा २०७७ जेष्ठ २ गते भिडियो कन्फ्रेन्सिङ मार्फत् सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता कृष्ण पौडेलले बहालवाला सरकार परम्परागत प्रकृतिकै रहेको बताउनुभयो ।

    Advertisement

    ‘यसअघिका सरकारहरू सत्तामा रहनका लागि भारतीय साम्राज्यवादसामु लम्पसार पर्दथे’ उहाँले अगाडि भन्नुभयो– ‘यो सरकारले पनि त्यही खालको रवैया देखाएको छ ।’ अहिलेको विज्ञान प्रविधिको युगमा पनि आफ्नो भूमिबाट बाटो खनिसकेर उद्घाटन गर्दा मात्र थाहा पाउनु विडम्बना र लाजमर्दो कुरा भएको उहाँको तर्क थियो ।

    अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले सो अवसरमा मन्तव्य राख्दै सरकारले सीमा अतिक्रमणको विरुद्धमा आवाज उठाउन खुट्टा कमाइरहेको बताउनुभयो । सरकारसित दृढ इच्छाशक्ति हुने हो भने चीनसितको विवादमा सगरमाथाको विषय टुङ्गो लागेको बताउँदै उहाँले जनताको सजगता र खबरदारीबाट नेपाली राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा हुन सक्ने बताउनुभयो ।

    सीमा अध्येता रतन भण्डारीले शारदा ब्यारेज सम्झौतामा चार हजार हेक्टर र टनकपुर सम्झौतामा २.९ हेक्टर भूमि भारतले थप लगेकोबाहेक सन् १८१६ को सुगौली नै नेपालको पश्चिमी सीमा नियमन गर्ने आधिकारिक आधार रहेको बताउनुभयो । उहाँले लिपुलेक, कालापानी वा छाङरू होइन, लिम्पियाधुरादेखि पूर्वका सबै भूमि नेपालको हो भन्ने आधारमा सीमा समस्या हल गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    वामपन्थी नेता स्वनाम साथीले साम, दाम, दण्ड, भेद, अस्त्र, शस्त्र सबै विधि अपनाएर नेपालको जमिन फिर्ता ल्याउनुपर्ने बताउनुभयो । आफ्नो भौगोलिक अखण्डताको विषयमा हाम्रै विधायकहरूले गल्ती गरेको बताउँदै उहाँले नेपालको संविधान–२०७२ मा नै बुच्चे नक्सा राखेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनताले चाहेमा संविधान जारी गर्नेजति सबैलाई यस विषयमा न्यायिक कठघरामा उभ्याउन सक्ने स्थिति रहेको बताउनुभयो ।

    इतिहासविद् डा. सुरेन्द्र केसीले तत्कालीन माओवादीका कारणले हटेको प्रहरीचौकी फेरि छाङरूमा स्थापित गरेर सरकारले समस्याको लिपापोती मात्र गर्न खोजेको बताउनुभयो । पूर्वजको नासो जस्ताको तस्तै फर्काउनु मान्छेको सामान्य अभिभारा बताउँदै उहाँले पुर्खाले आर्जेको सीमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह, सीमा चिन्तक जागृत रायमाझी, नेपाल विद्यार्थी सङ्घका युवराज पाण्डे, राष्ट्रिय युवा परिषद्का पूर्व अध्यक्ष माधव ढुङ्गेल र युवा नेता पदमराज जोशीले मन्तव्य राख्नुभएको थियो ।

    युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेको अध्यक्षता तथा सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा केन्द्रीय सचिव भक्त विकले स्वागत मन्तव्य र केन्द्रीय सल्लाहकार लक्ष्मणदेव पाण्डेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा फ्लोरबाट गणेश आचार्य, निश्चल क्षेत्री र विक्रम थापाले पनि पूरक मन्तव्य राख्नुभएको थियो ।

    शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.