काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका ९ संक्रमितमा १८ वर्षदेखि ३७ वर्षसम्म उमेरका छन् । यो समेत गरेर नेपालमा कूल संक्रमित २ सय ५८ पुगेको छ।
Advertisement
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका ती ९ संक्रमितमा बाँके नरैनापुर वडा नम्बर १, ३ र ५ का १८, २०, २२, २५, २५, २७ ३२ र ३६ वर्षका पुरुष छन् ।
यस्तै मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
