दिनेस रैदास, दाङ
दाङमा राष्ट्रिय जनमोर्चा घोराही नगर समितिको आयोजनामा खेलिएको २०८१ सालको प्रगतिशील देउसीभैलोकोे समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८१ कात्तिक ३० गते शुक्रबारबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रगतीशील देउसीभैलोका संयोजक मेघराज भट्टराईले भैलोबाट उठेको रकमबारे जानकारी दिनुभएको थियो ।
देउसीभैलोकोे रकमले कलाकारको क्षमता अभिवृद्धि गर्न तथा जनतान्त्रिक आन्दोलनमा खर्च भएको भट्टराईले बताउनुभयो।
समीक्षा कार्यक्रममा अतिथि र कलाकार कमल पन्थी, शेरबहादुर पुन, उत्सव पुन र सुरज पुनले समग्र भैलो कार्यक्रमको समीक्षा, अनुभूतिका साथै सुझाव राख्नुभएको थियो ।


