• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । २०८१ सालमा नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ ।

    Advertisement

    क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना पनि हो ।

    नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको सुभारम्भ गर्नुभयो । नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।

    नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ ।

    त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ । नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात मध्यान्ह १२ः३० बजेबाट सुरु भएको हो । यसवर्ष (सन् २०२४०को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ ।

    त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो । केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।

    प्राधिकरणले शुक्रबार साँढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यातबाट २८ हजार १६० डलर (रु ३७ लाख ९३ हजार चार सय ३३) पाउने छ । बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ ।

    मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बङ्गलादेशले नै व्यहोर्ने छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बङ्गलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन, भारत र बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।

    त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।

    कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।

    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.