• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संस्कृतिविद् जोशी र कायस्थ सम्मानित, ललितपुर महानगरद्वारा सवारीसाधन र सुरक्षाकर्मी प्रदान


  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
  • पाटन । ललितपुर महानगरले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधा दिएर सम्मान गरेको छ।

    Advertisement

    ललितपुर महानगरले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरुको दिनचर्या सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रुपमा नगर प्रहरी, मोवाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो। साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने महानगरपालिकाले जनाएको छ।

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए।

    उनले भने, ‘उहाँहरुको दिनचर्या सहज होस्, हिँड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ।’

    उनीहरू भाषा, संस्कृति र सम्पदाको क्षेत्रमा शब्दकोष भएको महर्जनले बताए।

    उनले भने, ‘उहाँहरू ललितपुर महानगरको मात्रै नभएर नेपालकै हिरा, मोती, पन्ना, जुहारत हुनुहन्छ।’

    ललितपुर महानगरले मठ मन्दिर संरक्षण, पुनर्निर्माणको क्षेत्रमा यथेष्ट काम गरेर मूर्त सम्पदा संरक्षण गरेको बताउँदै आजको सम्मान कार्यक्रम अमूर्त सम्पदा संरक्षणको एक अंश भएको बताए।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सम्मानित व्यक्तित्वहरू कला, साहित्य र सम्पदाको क्षेत्रमा विश्वविद्यालय भएको बताइन्। संस्कृतिविद्हरूको योगदानको कदर गर्दै सम्मान गरेको प्रष्ट पारिन्।

    सम्मानित व्यक्तिहरु हरिराम जोशी र छत्रबहादुर कार्यस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरुले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए।

    प्रवक्ता तथा वडा नं.९का अध्यक्ष राजु महर्जनले सम्पदा संरक्षणका लागि ललितपुर महानगरले धेरै काम गरेको बताउँदै संस्कृति, सम्पदाको अध्ययन, अनुन्धान र खोजीका लागि विशेष कोष बनाएर काम थाल्ने सन्दर्भमा छलफल थाल्ने बताए।

    ललितपुर महानगरको वडा नंं ५ निवासी हरिराम जोशी विसं १९९२ जन्मिएका हुन्। त्यसैगरी छत्रबहादुर कायस्थको जन्म विसंं १९९९ मा भएको हो।

    संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन्। संस्कृतिका विविध विधामा जोशीद्वारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक भएका छन्।

    यसैगरी सम्मानित भएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्वारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन्। कायस्थद्वारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ।

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कलासंस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वको सम्मान र कदर गर्ने कार्यक्रम गरेको बताए।

    उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको छ।’

    ललितपुर महानगरपालिकाले यसअघि संस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधन उपलब्ध गराएको थियो।

     

    बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.