काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको नेपाली टोली स्वदेश फर्केको छ ।
Advertisement
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका खेलाडीहरूलाई भव्य स्वागत गरिएको छ ।
त्यसक्रममा खेलसम्बद्ध विभिन्न संघ, संस्था र खेलप्रेमीहरूले स्वागत गरे भने नेपाल प्रहरीले ब्याण्ड बाजा बजाएर स्वागत गरेको थियो ।
नेपालले घरेलु टोली युएईलाई पराजित गर्दै मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको हो ।
बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको हो।

