• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एउटै विद्यालयमा १२ ओटा अक्षयकोष स्थापना


  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
  • दिक्तेलबजार । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ ल्रियाङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ ।

    Advertisement

    कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै आएको माविको चौसट्ठिऔँ वार्षिकोत्सवमा “किराँत चाम्लिङ राई चन्दाहँछा” परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो ।

    पहिलो चरणमा रु ५१ हजार रकम जम्मा गरेर स्थापना गरिएको अक्षयकोषलाई बर्सेनि बढाउँदै लैजाने योजना रहेको अक्षयकोषका संरक्षक एवम् जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो ।

    अक्षयकोषबाट आएको ब्याजले हरेक वर्ष सर्वोत्कृष्ट अङ्क ल्याएर कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रतोत्साहनस्वरूप पुरस्कृत गरिने जनाइएको छ ।

    अक्षयकोषका लागि चन्दाहँछा परिवारले उपलब्ध गराएको नगद रकम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

    विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दिवङ्गत आफन्तको स्मृति तथा वंश नाम राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको अभिभावकले बताएका छन् ।

    विसं २०१७ मा स्थापना भएको विद्यालयमा यसअघि एकै वर्ष चारओटा अक्षयकोष स्थापना भएको थियो । २०६८ सालमा रु एक लाख ११ हजार ११ राशिको स्मृतिशेष मनमाया राई स्मृति अक्षयकोष, रु ७८ हजार तीन सय १३ राशिको भूतपूर्व विद्यार्थी अक्षयकोष, रु ५५ हजार राशिको सेरालुङहँछा अक्षयकोष र रु ५१ हजार राशिको स्मृतिशेष दैवप्रसाद–तुलसा स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

    त्यस्तै, २०७२ सालमा रु एक लाख राशिको स्मृतिशेष चिमा राई स्मृति क्षयकोष, २०७५ सालमा रु ५५ हजार पाँच सय ५५ राशिको स्मृतिशेष विद्याकुमारी कार्की स्मृति अक्षयकोष, २०७५ सालमा नै रु ५१ हजार राशिको स्मृतिशेष भीमप्रसाद घिमिरे स्मृति अक्षयकोष, २०७६ सालमा रु एक लाख एक हजार राशिको स्मृतिशेष जसमान–जयमति राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो ।

    एवम् प्रकारले २०७८ सालमा रु दुई लाख २२ हजार दुई सय २२ राशिको स्मृतिशेष असुनमाया राई स्मृति अक्षयकोष, सोही वर्ष रु ५० हजार राशिको स्मृतिशेष आमा–छोरा स्मृति अक्षयकोष र २०७९ सालमा रु ७१ हजार एक सय ११ राशिको स्मृतिशेष दीपबहादुर–नैनकुमारी श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गरिएको हो ।
    विद्यालयमा स्थापना भएको १२ ओटा अक्षयकोषको सावाँब्याज गरी रु १७ लाख ३० हजार दुई सय ९९ पुगेको विद्यालयका शिक्षक एवम् अक्षयकोष व्यवस्थापन समितिका संयोजक यादवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
    अक्षयकोषबाट आएको ब्याजमध्ये रु एक लाख तीन हजार रकम यस वर्षको वार्षिकोत्सवमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि छुट्याइएको जनाइएको छ ।
    अक्षयकोषमा जम्मा भएको रकम वार्षिक १८ प्रतिशत ब्याज लगाएर नौ प्रतिशत छात्रवृत्ति र नौ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक पूर्णकुमार राईले जानकारी दिनुभयो । चन्दा सङ्कलन र अक्षयकोषबाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा तीन सय ६१ जना विद्यार्थी अध्ययनरत छन् ।
    चार दिनसम्म मनाइने चौसट्ठिऔँ वार्षिकोत्सवको औपचारिक शुभारम्भ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन अक्षयकोष स्थापनाका साथै नगरपालिका स्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिताको प्रारम्भ गरिएको छ ।
    यसैबिच, वडा नम्बर ५ ल्रियाङले विद्यालयको वार्षिकोत्सवका अवसर पारेर त्यहाँ अध्ययनरत बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका तीन सय ६१ जना छात्रछात्रालाई ट्रयाकसुट वितरण गरेको छ ।
    वडा कार्यालयले विनियोजन गरेको रु छ लाख बजेटबाट खरिद गरिएको ट्रयाकसुट वडामा सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत वितरण गरिएको वडाध्यक्ष एवम् नगर प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो । (रासस)

    मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.