• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्यालेस्टाइन नरसंहार विरुद्ध केसी : साम्राज्यवाद रहेसम्म शान्ति हुँदैन (भिडियोसहित)


  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले साम्राज्यवाद रहेसम्म विश्वमा शान्ति कायम नहुने बताउनुभएको छ ।

    Advertisement

    प्यालेस्टाइनमा इजरायली जनताको नरसंहार विरुद्ध नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल तथा साम्राज्यवादी युद्धविरोधी व्यक्तित्वद्वारा २०८१ कात्तिक २६ गते सोमबार आयोजित जुलसपछिको सभामा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘साम्राज्यवाद रहेसम्म विश्वमा शान्ति हुँदैन । साम्राज्यवाद रहेसम्म विश्वमा लुटपाट भइरहन्छ ।’

    अहिले इजरायली र अमेरिकी साम्राज्यवादको मिलेमतोमा प्यालेस्टाइनी जनताको नरसंहार रहेको बताउँदै उहाँले विश्वभरिबाट साम्राज्यवादको विरोध गरिनुपर्ने बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले संयुक्त राष्ट्र सङ्घले पनि प्यालेस्टाइनमा भइरहेको नरसंहारलाई टुलुटुलु हेरिरहेको बताउनुभयो ।

    ‘इजरायलले संयुक्त राष्ट्र सङ्घलाई टेरिरहेको छैन’ उहाँले भन्नुभयो– ‘इजरायलका सामु संयुक्त राष्ट्र सङ्घ टुलुटुलु हेरिरहेको छ । इजरायल भ्रमण गर्न चाहेका राष्ट्र सङ्घका महासचिवलाई त्यहाँ आउन दिइएको छैन ।’

    अध्यक्ष केसीले संयुक्त राष्ट्र सङ्घ स्वतन्त्र नभएको दाबी गर्दै भन्नुभयो– ‘संयुक्त राष्ट्र सङ्घ स्वतन्त्र छैन किनकि शक्तिराष्ट्रहरूले नै राष्ट्र सङ्घलाई फन्डिङ गर्छन् ।’

    सङ्क्षिप्त मन्तव्यको क्रममा केसीले प्यालेस्टाइनको अवस्था नेपालको हुन सक्ने चेतावनी पनि दिनुभयो ।

    ‘भोलि नेपाल प्यालेस्टाइन नबन्ला भन्न सकिन्न’ नेपाल शक्तिराष्ट्रको पक्षमा उपयोग भएको सङ्केत गर्दै उहाँले यस सम्बन्धमा सचेत हुनुपर्ने बताउनुभयो ।

    सांसदसमेत रहनुभएका केसीले संयुक्त राष्ट्र सङ्घमा युद्ध रोक्ने सम्बन्धमा भएको भोटिङमा तटस्थ बसेकोमा नेपाल सरकारको विरोध गर्नुभयो ।

    ‘त्यत्रो प्यालेस्टाइनी जनताको नरसंहार भएको छ, सरकार तटस्थ बस्छ’ उहाँले अगाडि भन्नुभयो– ‘किन तटस्थ बसेको भन्दा भारत तटस्थ बसेकाले, यस्तो पनि हुन्छ ? भारतले जे गर्छ, हामीले त्यही गर्ने ? त्यस्तो होइन, युद्धको विरोध गरिनुपर्दथ्यो । इजरायलको विरोध गरिनुपर्दथ्यो ।’

    उहाँले इजरायलद्वारा प्यालेस्टाइनी जनताको नरसंहार जारी रहेसम्म आफूहरूले यस खालको विरोधमा आन्दोलन चलाइरहने जानकारी दिनुभयो ।

    मध्यपूर्वमा फासिवाद देखा पर्‍यो : गुरुङ

    कोणसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का सचिव देव गुरुङले मध्यपूर्वमा फासिवाद देखा परेको धारणा राख्नुभयो ।

    ‘मध्यपूर्वमा फासिवाद देखा परेको छ’ उहाँले भन्नुभयो– ‘इजरायली फासिवादले प्यालेस्टाइनी जनताको स्वाधीनता खोसिरहेको छ ।’
    सचिव गुरुङले इजरायललाई नरोक्ने हो भने त्यसको असर नेपाल जस्ता तेस्रो देशमा पर्ने बताउनुभयो ।

    ‘यदि इजरायली साम्राज्यवादलाई मध्यपूर्वमै नरोक्ने हो भने त्यसको असर दक्षिण एसियासम्म पर्ने छ, विश्वका तेस्रो मुलुकसम्म पर्ने छ किनकि इजरायल होइन, त्यसको पछाडि अमेरिकी साम्राज्यवाद छ’ उहाँले भन्नुभयो ।

    उहाँले प्यालेस्टाइनी जनताको स्वाधीनताको रक्षा गर्नु भनेको नेपाली स्वाधीनताको रक्षा गर्नु पनि रहेको धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो– ‘इजरायली साम्राज्यवादको विरोध गर्नुको विकल्प छैन ।”

    कार्यक्रमको संयोजन वामपन्थी बुद्धिजीवी श्याम श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रमअघि शान्तिवाटिकादेखि जमल, नारायणहिटी, नागपोखरी, लाजिम्पाट हुँदै इजरायली दूतावाससम्म मौन जुलुस प्रदर्शन गरिएको थियो ।

    सहभागीले प्यालेस्टाइनमा इजरायलले गरेको नरसंहारको विरोधमा प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा ठुलो सङ्ख्यामा मसाल, राजमो, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताकार्यकर्ता तथा प्यालेस्टाइनको नरसंहारको विरोध गर्ने विभिन्न व्यक्तित्व, बुद्धिजीवीको सहभागिता रहेको थियो ।

    सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.