• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

विश्वमै लोपन्मुख सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै दाङको छिल्लीकोट


  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
  • तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको स्थानीय प्रविर पुनले जानकारी दिए ।

    Advertisement

    ‘विश्वमै लोपोन्मुख यसको बिरुवा छिल्लीकोटमा पाइन्छ भनेपछि धेरै जनाले बीउ लिएर जाने गर्नुभएको छ’, उनले भने । सुगन्धकोकिला प्रतिकिलो रु सात सय ५० सम्ममा बिक्री हुने गरेको छ । ‘विगतमा हामीले किलोको पाँच सयसम्ममा बिक्री गरेका थियौँ’, उनले भने, ‘तर, अहिले मूल्य वृद्धि भएको छ ।’

    यहाँका १० गाउँका एक सय पाँच घरले नै सुगन्धकोकिलाबाट आम्दानी लिने गरेका छन् । यहाँ वार्षिक एक सय ५० क्वीन्टल सुगन्धकोकिला उत्पादन हुने गर्छ । सुगन्धकोकिला विदेश निर्यात गरिन्छ । यहाँबाट सुगन्धकोकिलाको कच्चा पदार्थ लगेपछि के बन्छ, भन्ने कुरा गाउँलेलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए ।

    ‘यहाँबाट हामी कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको अत्तर, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनेका हौँ’, उनले भने, ‘तर, अरु केमा प्रयोग हुन्छ, भन्ने त्यति जानकारी छैन ।’

    एउटा रुखमा एकपटकमा दुई सय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो । यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ ।

    ‘पहिले–पहिलेका रुख सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ’, रेउलेले भने, ‘सरकारले संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत बढ्ने र रुख संरक्षण हुने थिए ।’

    पछिल्लो समय वन कार्यालयले केही रुख रोपे पनि संरक्षण तर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको भनाइ छ । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमा लिइने अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।

    सुगन्धकोकिला समुद्र सतहदेखि आठ सयदेखि दुई हजार मिटरको उचाइमा फस्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि यसले उत्पादन दिने र यसलाई व्यवस्थित गर्न सकिए देशलाई आर्थिक टेवा पुग्ने स्थानीय बताउँछन् । यहाँ उत्पादित सुगन्धकोकिलाले बेलाबेलामा बजार नपाउने समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिनुपर्ने माग स्थानीयको छ । रासस

    सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.