काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २४५ मात्रै भएको स्पष्ट पारेको छ । यसअघि बिहीबार बिहान मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संक्रमित संख्या २५० पुगेको उल्लेख थियो ।
Advertisement
तर, पहिले जारी गरिएको विज्ञप्तिमा प्राविधिक गल्ती भएको उल्लेख गर्दै मन्त्रालयले अर्को विज्ञप्ति प्रकाशित गरी अहिलेसम्म २४५ जना मात्रै संक्रममित भएको स्पष्ट पारेको छ ।
प्रदेश २ मा ५ जना ब्यक्ति संक्रमित भएको वैशाख ३० गते नै जारी गरेको विज्ञप्ति फेरि जेठ १ गते जारी गरिएको थियो ।
