• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मसालले भन्यो : अमेरिकामा ट्रम्पको उदयले गाजामा युद्ध रोकिने सम्भावना छैन


  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनःउदयले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोकिने सम्भावना नरहेको बताएको छ ।

    Advertisement

    अमेरिकाका नववनिर्वाचित राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा गाजाको युद्ध रोक्ने घोषणा गरेको सम्दर्भमा उनको घोषणा चुनावी नारा मात्रै भएको मसालले बताएको छ ।

    अमेरिकी राष्ट्रपतिमा जसले जितेपनि साम्राज्यवादी नीतिमा कुनै परिवर्तन नआउने पनि मसालको धारणा छ । साथै, त्यहाँको पूँजीवादी नीतिका कारण उत्पन्न आर्थिक संकट र बेरोजगारी पनि यथावत् रहने मसालले जनाएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार (२०८१ कात्तिक २३ गते) एक वक्तव्य प्रकाशित गरी प्यालेस्टाइनी जनतामाथि अमेरिकाको आडमा इजरायलले नरसंहार गरिरहेको र आफ्नो भूमिबाट बेदखल बनाएको भन्दै अमेरिकी साम्राज्यवादी नीतिको कडा आलोचना गर्नुभएको छ ।

    वक्तव्यमा कमला ह्यारिसको हार अमेरिकामा अझै पनि महिला र काला जातीलाई दोस्रो दर्जाको नागरिकका रुपमा लिने पिछडिएको चिन्तन प्रणाली भएको उल्लेख गरिएको छ ।

    यस्तो छ प्रेस वक्तव्य
    अमेरिकामा भएको राष्ट्रपतिको चुनावबारे ने.क.पा. (मसाल)को दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको विजय मुख्य रूपले त्यहाँको गम्भीर प्रकारको आर्थिक सङ्कट र त्यसबाट जनतामा पैदा भएको निराशा र असन्तोषको परिणाम हो । अहिले अमेरिका गम्भीर प्रकारको आर्थिक सङ्कटका बिचबाट गइरहेको छ र त्यो अरू तीव्र बन्दै जाने सम्भावना छ । हालै त्यहाँका कैयौँ ठूला बैङ्कहरूको दिवालिया भएको घटनाले पनि त्यो कुराको सङ्केत दिन्छ ।

    अमेरिकामा बढिरहेको आर्थिक सङ्कटका कारणले एकातिर महङ्गी र अर्कातिर बेरोजगारी धेरै नै बढेको छ । त्यो समस्याको समाधानका लागि ट्रम्पले ‘अमेरिका फस्ट’को नारा दिएका थिए । त्यसको अर्थ यो थियो, अमेरिकाले अहिले विश्वमा आफ्ना विभिन्न जिम्मेवारी पूरा गर्नका लागि, जसमध्ये नाटो र कैयौँ देशहरूका युद्धका खर्चहरू पनि आउ्ँछन्, कम वा बन्द गर्ने कुरा गरिरहेका छन् ।

    उनको जोड यो कुरामा छ कि त्यो सबै धनराशी अमेरिकामा नै खर्च हुनुपर्दछ । दोस्रो, अमेरिकामा ठुलो सङ्ख्यामा आएका प्रवासीहरूलाई आउन नदिने वा आएकाहरूलाई पनि हटाउने कुरामा जोड दिइरहेका छन् । त्यसरी उनले अमेरिकामा भएको बेरोजगारीको बोझलाई कम गर्ने प्रयत्न गरेका छन् । ती दुवै कुराले जनतालाई आकर्षित ग¥यो र आफ्नो ‘मुक्तिदाता’को रूपमा ट्रम्पलाई विजयी बनाए ।

    तर ट्रम्पले जुन प्रकारका नाराहरू दिएर ठुलो पैमानामा जनताको भोट प्राप्त गरे, त्यो एउटा भ्रम मात्र हो । त्यहाँको आर्थिक सङ्कट वा बेरोजगारीको मूल कारण त्यहाँको पुँजीवादी व्यवस्था नै हो र त्यो पुँजीवादी व्यवस्थालाई अन्त नगरिकन त्यो समस्याको समाधान हुन सक्दैन । त्यहाँका विभिन्न राजनीतिक पार्टीहरूले बेग्लाबेग्लै समयमा एक वा अर्को प्रकारको आकर्षक वा पपुलर नारा दिएर जनतालाई झुक्काउँछन् र पुँजीवादी व्यवस्था कायम रहँदासम्म जनता त्यही गोलचक्करमा घुमिरहन्छन् ।

    अहिले संसारका कैयौँ देशहरूमा युद्धहरू चलिरहेका छन्, जस्तै कि युक्रेन वा गाजाका लागि मुख्य जिम्मेवार अमेरिकी साम्राज्यवाद नै छ । अमेरिका वा नाटोले युक्रेनलाई पनि नाटोमा सामेल गर्न खोजेकोले नै त्यहाँ युद्धको स्थिति उत्पन्न भएको हो । प्रत्यक्ष रूपमा त्यो युद्ध रुस र युक्रेनका बिचमा भएजस्तो देखिन्छ । तर वास्तवमा त्यो युद्ध रुस तथा अमेरिकाले नेतृत्व गरेको नाटोको बिचमा नै भइरहेको छ । ट्रम्पले आफू राष्ट्रपति भएको २४ घन्टाभित्र नै त्यो युद्ध बन्द गर्ने घोषणा गरेका छन् । उनले जनवरीमा मात्र राष्ट्रपतिको पद ग्रहण गर्ने छन् । त्यसपछि त्यो युद्धलाई कुन रूपमा टुङ्गाउनेछन् वा उनको घोषणा खाली चुनावी नारा मात्र हुने छ ? त्यो पछि नै थाहा हुने छ ।

    अहिले गाजामा इजरायलले जुन हमला वा नरसंहार गरिरहेको छ, त्यसका पछाडि पनि मुख्य रूपले अमेरिका नै जिम्मेवार छ । जुन अमेरिकाले संसारभरमा प्रजातन्त्र, मानवअधिकार शान्ति समेतको कुरा गर्दछ, त्यसले गाजामा इजरायलले गरेको नरसंहारको समर्थन मात्र होइन, त्यसका लागि गरिरहेको मद्दत कति निम्न स्तरको छ ? त्यसको कुनै व्याख्याको आवश्यकता छैन । यहुदीहरूमाथि हिटलरले गरेको आक्रमण वा नरसंहार विश्वको नै अत्यन्त ठुलो विभीषिका थियो ।

    त्यस प्रकारको पृष्ठभूमिमा यहुदीहरूको आफ्नो स्वतन्त्र राज्यको स्थापनाको माग सही नै थियो र अहिले पनि उनीहरुको त्यस प्रकारको अधिकारलाई हामीले न्यायपूर्ण नै मान्दछौँ । तर अमेरिकाको समर्थनमा लाखौँ प्यालिस्टाइनहरूलाई आफ्नो भूमिबाट निष्कासित गरेर जुन इजरायल राज्यको स्थापना गरियो त्यो कार्य अत्यन्त ठूलो, बर्बर अत्याचार थियो । त्यही बेलादेखि नै प्यालिस्टाइनी जनताले आफ्नो मातृभूमिको मुक्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।

    उनीहरूको त्यो मुक्ति आन्दोलनलाई विश्वभरका न्यायप्रेमी जनताको समर्थन प्राप्त भएको छ । आज प्यालेस्टाइनी जनतामाथि इजरायलले जुन नरसंहार गरिरहेको छ, त्यो पनि अमेरिकाको आडमा नै समर्थ भइरहेको छ । तर ट्रम्पले इजरायललाई अरू मद्दत गर्ने कुरा गरिरहेका छन् । त्यो अवस्थामा ट्रम्पद्वारा गाजामा युद्ध बन्द हुने सम्भावना देखिँदैन । यो कुरा निश्चित छ, जबसम्म आफ्नो मातृभूमिको मुक्तिका उद्देश्य पूरा हुने छैन, प्यालिस्टाइनी जनताले त्यसका लागि सङ्घर्ष गरिरहने छन् र उनीहरूको त्यो सङ्घर्ष सही र न्यायपूर्ण पनि छ ।

    अमेरिकाको चुनावमा राष्ट्रपतिका दुवै उम्मेदवारमध्ये जसको विजय भएको भएपनि उनीहरूको साम्राज्यवादी नीतिमा कुनै अन्तर आउने थिएन । तैपनि अहिलेको चुनावमा कमला ह्यारिसको जुन हार भयो त्यसले त्यहा“को समाजमा महिलाहरूप्रति भेदभावको गम्भीर प्रकारको पुरुषवादी सोचाइको प्रमुखता भएको कुरालाई पनि बताउँछ । एकातिर महिलाहरूप्रतिको पुरुषवादी र अर्कातिर कालाजातिहरूप्रतिको रङ्गभेदी नीतिले अमेरिकी समाजमा सांस्कृतिक रूपमा अझै पनि धेरै पिछडिएको संस्कृति हाबी भएको कुरालाई नै बताउँछ ।

    कमला ह्यारिसको हारको पछाडि त्यस प्रकारको पिछडिएको दृष्टिकोणले पनि धेरै काम गरेको छ । पहिले यो भन्ने गरिन्थ्यो कि त्यहाँको चुनाव करिबकरिब बराबरीको हुने छ । तर त्यहाँको चुनावले कमला ह्यारिस धेरै नै पछाडि भएको कुरालाई बताउँछ । त्यसका पछाडि अमेरिकी समाजमा घर जमाएको महिलाहरूप्रतिको पिछडिएको दृष्टिकोणले पनि धेरै काम गरेको कुरालाई बुझ्न गाह्रो पर्दैन ।

    अमेरिकाको साम्राज्यवादी नीतिको दुवै उम्मेदवारहरूले प्रतिनिधित्व गर्दथे । तैपनि व्यक्तिगत रूपमा विचार गर्दा ट्रम्पभन्दा कमला ह्यारिस श्रेष्ठ भएको कुरा प्रस्ट छ । तैपनि उनको हार हुनुको पछाडि अमेरिकी समाजमा घर जमाएको पिछडिएको दृष्टिकोणले नै काम गरेको कुरा प्रस्ट छ ।

    जलवायु परिवर्तन समेत कतिपय प्रश्नहरूमा ट्रम्पका सोचाइहरू बढी प्रतिक्रियावादी रहेका छन् । ‘अमेरिका फस्ट’ जस्तो नाराका कारणले उनले विश्वका विभिन्न कल्याणकारी कार्यहरूमा अमेरिकाले कम मद्दत गर्ने सम्भावना देखिन्छ । त्यसकारण उनको शासनकालमा उनका नीतिहरूबाट विश्वलाई तुलनात्मक रूपले बढी क्षति पुग्ने देखिन्छ । उनले नाटोलाई अमेरिकाले दिने गरेको मद्दत कम गर्ने पनि बताएका छन् ।

    त्यसरी नाटोको हस्तक्षेपकारी भूमिकामा केही कमी आयो भने त्यो अवश्य पनि सकारात्मक कुरा नै हुने छ । अमेरिकाको मूल व्यवस्था पुँजीवादी र त्यसको मूलनीति साम्राज्यवादी भएकोले त्यहाँ जो राष्ट्रपति चुनिए पनि त्यसका मूलभूत नीतिहरूमा कुनै अन्तर आउने छैन । तैपनि राष्ट्रपतिको पद ग्रहण गरेपछि ट्रम्पले कुन प्रकारको नीति अपनाउने छन् त्यसका आधारमा हामीले आफ्ना आगामी नीतिहरू प्रस्ट गर्दै जानेछौँ ।

    २०८१ कार्तिक २४ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.