• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीवनी


  •   बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । डोनल्ड जन ट्रम्पको जन्म सन् १९४६ को जुन १४ मा न्यूयोर्कको क्वीन्स नगरमा भएको थियो।

    Advertisement

    उनी पाँच सन्तानमध्येका चौथो हुन्। उनका दुई दाजुभाइ र दुई दिदी थिए। अहिले उनकी दिदी एलिजाबेथ मात्र हाल जीवित छिन्।

    उनका बुवा फ्रेडले न्यूयोर्कबाहिर रहेको उक्त सहरमा एउटा सफल निर्माण कम्पनी चलाएका थिए। सन् १९६८ मा उनी पहिलो पटक उक्त व्यवसायमा संलग्न भएका थिए। पछि उनले म्यान्हटनको केन्द्रमा आफ्नै व्यवसाय सुरु गरे।

    क्यासिनो, आवासीय भवन, गल्फ कोर्स र होटलहरूमा उनले व्यवसाय विस्तार गर्दै एट्लान्टिक सिटीदेखि, शिकागो र लस भेगस हुँदै भारत, टर्की र फिलिपिन्ससम्म फैलाए।

    ट्रम्पको भड्किलो शैलीले उनलाई न्यूयोर्कको व्यावसायिक जगत्‌मा छुट्टै पहिचान बनाउन सघायो। साथै टेलिभिजन कार्यक्रम ‘द अप्रेन्टिस’सहित मनोरञ्जनको क्षेत्रमा पनि उनलाई ख्याति दिलायो।

    ट्रम्पले तीन पटक विवाह गरेका छन् र उनका पाँच जना सन्तान छन्। उनले सन् १९७७ मा पहिलो पटक इभाना जेलनिकोभासँग विवाह गरेका थिए।

    उनकी तेस्री श्रीमती मेलानियासँग सन् २००५ मा विवाह भएको हो। त्यसको सात वर्षअघि उनीहरूको भेट हुँदा ट्रम्प ५२ वर्षका थिए भने मेलानिया २८ वर्षकी थिइन्।

    उनको राजनीतिक जीवनयात्रा सन् २०१५ मा सुरु भएको हो। त्यतिखेर उनले ट्रम्प टावरमा परिवारको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।

    आफ्ना छोरा डोनल्ड ट्रम्प जूनिअर र छोरी इभान्का ट्रम्पसँग डोनल्ड ट्रम्प

    उनको नारा थियोः ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ सङ्क्षेपमा त्यसलाई ‘एमएजीए’ लेखिन्छ।

    विवादित तथा तिक्ततापूर्ण चुनावी अभियानपछि उनले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै सन् २०१७ मा अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा शपथ लिएका थिए।

    उनको राष्ट्रपतीय कार्यकाल अमेरिकी साझेदारहरूका लागि एउटा अन्योलपूर्ण समयका रूपमा रह्यो। त्यस बेला उनलाई विदेशी नेताहरूसँग खुलेरै विवाद गरिरहेको देखिन्थ्यो।

    मुख्य जलवायु र व्यापार सम्झौताबाट पछि हट्नुका साथै उनले चीनसँग पनि ‘व्यापार युद्ध’ सुरु गरे।

    कार्यकालको अन्तिम वर्षमा कोभिड महामारी सम्हाल्ने उनको शैलीलाई लिएर चर्को आलोचना भएको थियो।

    सन् २०२० को चुनावी अभियानका बेला कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै उनी केही दिन एक्लिएर आराममा बस्नुपरेको थियो।

    ट्रम्प सन् २०२० कोमा जो बाइडनसँग पराजित भए। तर उनले परिणाम स्वीकार गर्न मानेनन्। बरु चुनावमा धाँधली भएको दाबी गरेका थिए।

    त्यो वर्षको ६ जनवरीमा उनले वाशिङ्टनमा आफ्ना समर्थकहरूको र्‍यालीलाई सम्बोधन गर्दै उनीहरूलाई कङ्ग्रेस भवनतर्फ अघि बढ्न आह्वान गरेका थिए। उक्त र्‍यालीले दङ्गाको स्वरूपमा लियो।

    त्यसपछि उनको राजनीतिक जीवनमा विराम लागे जस्तो देखियो। यद्यपि उनले पुनः राष्ट्रपतिको चुनावका लागि उम्मेदवार बन्ने घोषणा गरे र रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्न अघि सरे।

    निर्वाचन प्रचारप्रसारमा सहभागी हुन जाँदा उनीविरुद्ध ९१ वटा आपराधिक अभियोगहरू लागेका थिए।

    ती सन् २०१६ को निर्वाचनअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई ‘मौन बस्न’ पैसा दिएको भन्ने आरोपसँग सम्बन्धित थिए।

    यो वर्षकै गर्मीयाममा पेन्सिल्भेनिआको बट्लरमा एउटा चुनावी सभामा सम्बोधन गर्दै गर्दा एक २० वर्षीय बन्धुकधारीले उनको हत्याको प्रयास गरेका थिए।

    त्यसको केही दिनपछि रिपब्लिकन न्याश्नल कन्भेन्शनमा उनी दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार स्वीकृत भए।

    ट्रम्पको विजयले उनलाई अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति बनाउने छ। आफ्नो कार्यकाल सकिँदा उनी ८२ वर्षका हुने छन्।

    (बीबीसीबाट)

    बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.