काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले दुई दलीय राजनीतिक संयन्त्र बनाएका छन् ।
सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र बनाइएको हो।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन्। जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।
त्यस्तै, नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
कांग्रेस सभापति देउवाका निजी सचिव केशवराज जोशीका अनुसार, प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ।
मंगलबार बसेको संयन्त्रको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक(एक महिना पालैपालो गर्ने निर्णय भएको जोशीले बताएका छन्। कात्तिक २१ (आज) देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गर्नेछन्।
यस्तो छ, दुई दलको निर्णय
