काठमाडौँ । नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “का. जलजला” मङ्सिर १५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा दिउसो १ बजे हुने भएको छ ।
Advertisement
प्रकाशक जनशिक्षा गृहकी दुर्गा पौडेलले २०८१ कात्तिक १३ गते मङ्गलबार सो जानकारी दिनुभएको हो ।
सिंहकी पत्नीसमेत रहनुभएकी पौडेलका अनुसार उपन्यासको खुद्रा मूल्य तीन हजार रुपियाँ राखिएको छ । अग्रिम रकम दिनेलाई ४० प्रतिशत छुट दिइने छ ।
पुस्तक लिन चाहने व्यक्ति वा विक्रेताहरूले ९८५११९८८१० मा फोन गर्न वा paudeldurga21@gmail.com मा इमेल गर्न सक्नेछन्