दाङ । भारतले नेपाल सरकारसँग सरोकारै नराखी नेपाली भूमी हुँदै चीनको मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा दाङमा क्रियाशील तीन दलले विरोध प्रदर्शन गरेका छन् । प्रहरी अवरोध छिचोल्दै राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी माओवादी र नेकपा (माले) ले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले भारतले नेपाली भूमिमा बाटो निर्माण गरेर नेपालको राष्ट्रियता र स्वाधिनतामाथि धाबा बोलेकोले सम्पुर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिनु भयो । रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा सडकमा आएर बोल्न रहर नभएर देशको मायाले बाध्य भएको आचार्यको भनाई थियो ।
नेकपा (क्रान्तिकारी) माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचीव नेत्र प्रकाश पान्डे लगायत नेताहरुले मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियो ।