इस्तानबुल । टर्कीको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ ।
Advertisement
अङ्काराले गुलेनलाई सन् २०१६ को असफल कूका मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।
गुलेननिकट समूहले एक्स र सामाजिक सञ्जालमा पोस्ट गरेको पोस्टलाई उद्धृत गर्दै उनीहरूले ८३ वर्षीय गुलेनको अस्पतालमा आइतबार मृत्यु भएको बताएका छन् ।
हिज्मेट नामक आन्दोलनको नेतृत्व गरेका गुलेनलाई टर्कीले आतङ्कवादी समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल कूको नेतृत्व गरेको आरोप लगाएको थियो ।
गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आउनुभएको थियो । प्रशासनले उहाँको टर्कीको नागरिकता सन् २०१७ मा खोसेको थियो । (रासस/एएफपी)