• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नातिको दुर्घटनाबारे सम्झना


  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
  • बद्रे आलम ##
    मेरो कान्छो नाति मोहम्मद आतिफ आलम रुपन्देहीको सिद्धार्थ जेसिस स्कुलमा कक्षा ७ मा अध्ययनरत छ । यही २०८१ असोज १७ गते घटस्थापनाका दिन बेलुकी ५ः३० बजे मेरो काकाको नातिसमेत दुवै जना मोटरसाइकलमा टोलदेखि अलि पर घुम्न गएको बेला कुकुरले लखेटेछ । त्यसबाट उनीहरू आत्तिएर बाइकबाट लडेछन् । चलाउने भतिजलाई सामान्य चोट लाग्यो तर पछि बसेको आतिफ मुखको बलले लड्न पुग्यो । त्यसले गर्दा मुखदेखि तलको भाग दाँतसमेत सबै ड्यामेज हुन पुग्यो । चिउँडोकोे भागका हाड धेरै नै फ्याक्चर भएको रहेछ । स्वास्थ्य परीक्षण गर्दा सो जानकारी हुन पुग्यो ।

    Advertisement

    दुर्घटनास्थलबाट तुरुन्तै मेरो ठुलो नाति आरिफले भाइलाई बोकेर भैरहवाको यू.सी.एम.एस. मेडिकल कालेजमा पु¥याउने क्रममा मैले सूचना पाएँ र इमर्जेन्सीमा पुगेँ । सिटीस्क्यान, एक्सरेलगायत सम्बन्धित जाँच सम्पन्न भयो । इमर्जेन्सीमा भएका डाक्टरसित परामर्श गरेँ । उहाँको सन्तोषप्रद उत्तर नपाएपछि एक छिन मन आत्तियो । त्यसपछि पार्टीका साथीहरूलाई सम्झेँ । दुर्गा पौडेललाई फोन गरेँ । संयोगवश उहाँको फोन उठेन । पछि थाहा भयो, उहाँ प्युठान हुनुहुँदो रहेछ । पछि आनन्द शर्मालाई काठमाडौँ सम्पर्क गरेँ र उहाँलाई बिरामीको सबै वृत्तान्त बताए ।

    यू.सी.एम.एस. मै उपचार गराउने कि काठमाडौँ लैजाने ? असमञ्जसमा परेँ । भोलिपल्ट सिनियर डाक्टर दीपक यादवसित मेरो भेट भयो ।

    उहाँले बिरामीको अवस्था र उपचारबारे प्रस्ट्याउनु भयो र नआतिन पनि भन्नुभयो । उहाँले दुर्घटनामा परेका धेरै गम्भीर घाइतेको सर्जरी गरेर ठिक पारेको अनुभव बताउँदै मलाई सन्तुष्ट पार्ने प्रयत्न गर्नुभएको कुरा मैले आनन्दजी र दुर्गाजीसित सेयर गरेँ । आनन्दजीलाई पनि दीपक डाक्टरबारे बुझ्न अनुरोध गरेँ । उहाले पनि काठमाडौँमा डाक्टर दीपक यादवबारे बुझ्नुभयो र सकारात्मक सुझाव उहाँले दिनुभयो ।

    आनन्दजीले दिनुभएको सुझाव दुर्गाजीलाई पनि सेयर गरेँ र भैरहवामै नातिको अप्रेसन गराउने टुङ्गोमा पुगियो ।

    असोज २० गते आइतबारका दिन बिहान ९ बजे बिरामीलाई अप्रेसन थिएटरमा लगे । सोही दिन बेलुकी ४ बजे बिरामीलाई होस आएकोे कुरा परिवारजनलाई भेट्ने टिमले जानकारी गराएपछि मात्र भेट भयो । भोलिपल्ट बिहान करिब १० बजे पोस्ट अपरेटिभ शाखाबाट वार्डमा सिफ्ट गरियो । सुरुको दिनदेखि नै नातिले मलाई छोडेन । सँगै बस्न सङ्केत गर्याे । म पनि एकछिन छोड्न सकिनँ । मलाई नदेख्दा उसको मनोबल गिर्दो रहेछ । मैले यस्ते महसुस गरेँ

    छोराहरू बालबच्चेदार भाएका कारण आआफ्नै स्वरमा व्यस्त हुने, रोगी भएको कारण मलाई पनि बेलाबखत सहयोग चाहिरहने । ठुलो नाति १६ वर्षको भएकाले मेरो बाहिरी काममा जस्तै सकिएको औषधि खरिद गरी ल्याउने, अन्य आवश्यक काममा मलाई सहयोग गर्ने गर्छ तर सानो नाति घरभित्रको काम; जस्तै : पानी, चिया, बुहारीले पठाएको खाना मसित पुर्याउने काममा सहयोग गर्छ; औषधी खानको लागि ताकेता गरिरहन्छ; साँझ अबेलासम्म घर नपुग्दा फोन गरेर सोध्ने र हजुरआमालाई सूचना पुर्याउने आदि । मेरो स्वास्थ्यप्रति बढी चिन्तित भएको उसलाई म पाउँछु । दुवै नातिले मेरो धेरै ख्याल गर्ने गरेको मैले महसुस गरेको छु ।

    दुई भाइ नातिका बुबा मेरो जेठो छोरा शब्बिर आलम लामो समयदेखि अस्वस्थताका कारण उसले चाहेर पनि आफ्ना छोरालाई आफनो भावनाबाहेक अन्य भौतिक सहयोग गर्न असमर्थ छ । ऊ आफै औषधीको सहारामा जीवन जिउन बाध्य । नातिको आवश्यकता पढाइलेखाइ आदि आफनो बुबाबाट पूरा हुन नसक्ने कुरामा नातिहरू जानकार छन् । त्यसैले मेरो स्वास्थ्य जीवन र दीर्घायुको उनीहरूले बढी खाँचो महसुस गरेका होलान् । मलाई पनि नातिको बढी माया लाग्छ किनकि उनीहरू बढी अनुशासित छन्; भनेका कुरा आत्मसात गर्छन्; शान्त स्वभावका छन्; कसैसित झैँझगडा गर्दैनन् । आफूभन्दा ठुलालाई सम्मान गर्छन् र पढाइमा बढी ध्यान दिन्छन्; पार्टीका मेरा साथीलाई सम्मान गर्छन् ।

    भर्खरै एक सातापहिले दुई जना पूर्व विद्यार्थी नेता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव तथा केन्द्रीय सदस्यहरू घनश्याम न्यौपाने र राजेन्द्र ढुङ्गाना पार्टीको कामको सिलसिलामा मकहाँ आउनुभएको थियो । राति बस्ने क्रममा दुबै नातिसित उहाँहरूको भेट भयो । नातिहरू पनि खुसी भए । कान्छो नाति निकै बेर घनश्यामजीसित भलाकुसारी गर्याे । के के विषयमा उहाँहरूको कुराकानी भयो । त्यो मलाई जानकारी भएन तर उहाँको व्यवहार देखेर नातिले मलाई दिएको प्रतिक्रिया राम्रो लाग्यो । मेरा साथीहरूप्रति मेरा नातिले राखेको सकारात्मक धारणाले मलाई ऊर्जा थपेको छ । नातिका असल व्यवहारका कारण आज दुःख पर्दा धेरैको सहानुभूति बटुल्न सफल भएका छन् ।

    त्यसैगरी, मेरा परिवार, दाजुभाइ, दिदीबहिनी, भाइभतिज, भान्जाभान्जी, आफन्तजन, टोलबासी, छिमेकी, मलाई जान्ने, मेरा पार्टीका साथी, नातेदारद्वारा बिरामीलाई भेट्न आउने भीडका कारण बाध्य भएर जनरल वार्ड छाडेर क्याबिन रोज्न बाध्य भएको छु । अहिले क्याबिन नं. २ मा नातिको उपचार भइरहेको छ । नातिको स्वास्थ्यप्रति समवेदना प्रकट गर्नुहुने सम्पूर्णजनमा हार्दिक आभार प्रकट गर्दछु ।
    २०८१ असोज २१ गते

    मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.