काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । कपिलवस्तुका १० जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित कपिलबस्तुको यशोधरा गाउँपालिका ५ र वुद्धभूमि नगरपालिका ७ र १० का हुन् ।
उनीहरुको उमेर १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्ष छ । एक संक्रमित पुरुषको भने उमेर खुल्न बाँकी छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रलयको प्रेस विज्ञप्तिमा उल्लेख छ।
