हेटौँडा । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका छ जना विद्यार्थी २०८१ असोज १२ गते शनिबार बिहानैदेखि सम्पर्कविहीन छन् ।
Advertisement
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
उनीहरू पहिरोमा पुरिएका हुन सक्ने सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले बताउनुभयो । उनीहरूको खोजी जारी छ ।
एन्फाले गत वर्षदेखि उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।