• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दूतावासको वेवास्ताले परदेशमै अस्ताए गोविन्द !


  •   आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
  • धनबीर पुन, नयाँ दिल्ली ।
    दाङका गोविन्द खत्रीको अन्तिम इच्छा थियो, आफ्नै देशमा पुगेर प्राण त्याग गर्ने । अन्तिम समयसम्म पनि गोविन्द र उनका साथीहरुले निकै हारगुहार गरे । दिल्लीस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न प्रयास गरिरहे । तर, अहँ दूतावासको फोन उठेन । अथवा भनौं परदेशमा पीडामा परेका नेपालीप्रति दूतावास सम्वेदनशील बन्नै चाहेन ।

    Advertisement

    दाङको बंंगलाचुली गाउँपालिका– ६ तिमीले निवासी मानबहादुर खत्रीका छोरा ४२ वर्षीय गोबिन्द खत्रीको नयाँ दिल्लीमा मंगलबार दुःखद निधन भयो । लामो समयदेखि पेट सम्बन्धी विरामी रहेका खत्रीले आर्थिक अभावका कारण समयमै उपचार गराउन त पाएनन्, अन्तिम समयमा आफ्नै गाउँ गएर मृत्युवरण गर्ने इच्छा पनि पुरा गर्न पाएनन् ।

    रोजगारीका शिलसिलामा देश छोडेर परदेश पुगेका जो कसैलाई पनि अपनत्वको अभाव पूर्ति सम्बन्धित देशको दूतावासले  गर्नु पर्ने हुन्छ । तर दिल्लीमा गोबिन्दको निधन हुँदा उनका साथीहरुले कैयौं पटक फोन गरे, तर दूतावासको फोन उठेन । उठ्यो त केवल गोविन्दको देहलिला ।

    लकडाउनका कारण अहिले नेपाल र भारतसहित विश्वका धेरै देश लकडाउनमा छन् । चाहेर पनि गाउँ फर्किन सक्ने अवस्था छैन । झन् समुन्द्रपारि तेस्रो देशमा रहेका नागरिकहरुका लागि त आफ्नो देश आउने सम्भावना कमै छ । तर, कम्तिमा सम्बन्धित देशका राजदूतावासले फोन उठाएर समस्या सुनिदिन त सक्छन् नि । समस्या समाधान कसरी गर्ने भनेर सल्लाह दिन सक्छन् । वा त्यति पनि गर्न नसके कम्तिमा सम्वेदना दिन सक्छन् । तर, अहँ भारतमा रहेको हाम्रो दूतावास नेपालीको लागि दुःखमा कामै लागेन ।

    हुन त लकडाउनकै क्रममा कैयौं देशले नेपालमा रहेका आफ्ना नागरिक विमान नै चार्टड गरेर लगे । करिब एक दर्जन जहाज नेपालबाट त्यसरी उडेका छन् । तर, नेपालले विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउनु त परको कुरा, सीमानामा आएर बसेका नेपालीको लागि समेत ढोक थुनेर बसेको छ ।

    गोविन्दले पनि अन्तिम दिनसम्म आफूलाई नेपालमै लैजान आग्रह गरेका थिए । तर दूतावासले वेवास्ता गरेका कारण नेपाल पुर्याउन नसकिएको उनका साथी शिवु भट्टराइले बताए । मृत्यु पछि पनि शव घर लैजान प्रयास गरिएको थियो । तर, दूतावासले सहयोग गरेन । त्यसपछि अर्को दिन (बुधबार) दिल्लीमै उनको दाहसंस्कार गरियो ।

    ‘शव नेपाल लैजान नेपाली दूतावासबाट सहयोगको अपेक्षा सहित फोन सम्पर्क गर्न खोज्दा दूतावासको फोन उठेन’ शिवुले भने– ‘खत्रीले लकडाउनका कारण काम नचलेको तथा आर्थिक अभावका कारण उपचार हुन नसक्दा मृत्यु भएको हो ।’
    यो एउटा प्रतिनिधि मुलक घट्ना हो ।

    यस्तै कैयौं गोबिन्दहरुले सरकार र सरकारका सम्बन्धित निकायलाई हारगुहार गर्दा कानमा तेल हालेर बसेकै कारण ज्यान गुमाउनु परेको छ । चाहे त्यो रेलको यात्रा होस् वा बसको यात्रामा कैयौं नेपालीहरुले अपमानित हुनु पर्ने र ज्यान गुमाएका कैयौं घटनाहरु छन् ।

    घटना घट्छ, त्यो स्वभाविक रुपमा लिनु पर्ने हुन्छ तर घटना हुन पूर्व जानकारी गराउँदासम्म वा गराउन खोज्दासम्म पनि सरकारले खटाएर पठाएको दूतावास र उसका कर्मचारीहरु गम्भिर नहुँदा जो कसैलाई पनि दुःख लाग्छ ।

    हो, वर्तमान समय कोरोना भइरस संक्रमण महामारी कै रुपमा फलिरहेको अवस्था छ । तर पनि दूतावासले फोनसम्म भए पनि उठाउनु पर्ने कि नपर्ने ? समस्याको समाधान त गर्न सकेन सकेन कमसिकम आम सर्वसाधारणलाई आफ्नो सरकारको प्रतिनिधि छ भन्ने महशुस दिलाउने कि नदिलाउने ?

    अब घटना घटिसक्यो । नेपाल सरकार वा दूतावासको आशा गरेर हाम्रो पीडा कम हुँदैन । पीडा कम हुन्छ त, सबै मिलेर सहयोग गर्यौं भने । हो, हामीले गोविन्दको परिवारलाई परेको ठुलो चोटमा थोरै भएपनि मल्हम पट्टि गर्न खोजेका छौं । उनको दुईवटा साना छोरा छन् । आफ्ना अभिभावक गुमाएका ति बालकको भविष्य विग्रन नदिन सबै मिलेर सहयोग गरों ।

    अहिले अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार देवेन थापा, जो मृतक गोविन्द खत्रीको छिमेकी पनि हुनुहुन्छ , उहाँको विशेष पहलमा सहयोग संकलन भइरहेको छ । नेपाली भूमि भन्दा धेरै पर साइप्रसबाट देवेन थापाले सुरु गर्नुभएको अभियानमा सक्दो साथ दिऊँ ।

    सहयोगका लागि पेटियम नम्बर ८२८७३४५५१२ र प्रकाश खत्री, विजय बैंक, खाता नम्बर ६०६६०१०१२०००१४०, ifsc coard:vijb0006066 जारी गरिएको छ ।

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.