खिमराज चालिसे, चन्डीगढ़ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चन्डीगढ़ नगर समितिले ४२ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिढ १९) को संक्रमणका कारण डेढ महिनादेखी जारी लकडाउनले विचल्लीमा परेका ४२ परिवारका करिब २०० जनालाई राहत वितरण गरिएको हो । राहत मूलप्रवाहका नेता कार्यकर्ताहरुले स्वेच्छिक रुपमा संकलक गरेका थिए ।
प्रति परिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन, ५०० ग्राम सोयाविन वडि,२ किलो आलु, २ केजी हरियो सव्जीहरु रहेको जम्वोकिट वितरण गरिएको हो ।
नगरसमितीको कान्फ्रेन्स वैठकबाट किसनगढ़, सेक्टर २८, कजहेडी, खुट्टे दौरा तथा सेक्टर १५ मा वितरण गर्ने निर्णय अनुसार राहत वितरण गरिएको मूलप्रवाहका नगर अध्यक्ष मान बहादुर केसीले वताउनुभयो । राहत पाएपछि नेपाली समूदाय खुशी भएका छन् ।
लकडाउन लम्बिँदै जाँदा भारतका विभिन्न ठाउँमा नेपाली समूदायको विचल्ली भएको छ । विपदमा परेका मजदुरहरुलाई मूलप्रवाहका नेता कार्यकर्ताहरुले आफूले सक्दो सहयोग गरिरहेका मूलप्रवाहले जनाएको छ ।