लोकेन्द्र पौडेल, चेन्नै (भारत) ।
भारतको चेन्नैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सत्रौँ भेला सम्पन्न भएको छ ।
मूल प्रवाहको चेन्नै उत्तर नगर समितिअन्तर्गत माउन्ट रोड एरियाको सेप्टेम्बर १५, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्माले भेलाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम तेजेन्द्र पुनको अध्यक्षता तथा गोपाल विकको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा तिलबहादुर थापाले स्वागत गर्नुभएको थियो ।
अध्यक्षमा शर्मा
भेलाले धर्मराज शर्माको अध्यक्षमा नौ पूर्ण दुई वैकल्पिक र दुई सल्लाहकार गरी १३ सदस्यीय एरिया समिति गठन गरेको क्षेत्रीय सदस्य नेत्रलाल शर्माले घोषणा गर्नुभयो ।
समितिको उपाध्यक्षमा श्रीप्रसाद गुरुङ, सचिवमा गोपाल विक, सहसचिवमा पूर्ण गुरुङ र कोषाध्यक्षमा भवानिप्रसाद गोराथोकी रहनुभएको छ ।
त्यस्तै, सदस्यमा तिलबहादुर विक, खगेश्वर सुनार, तेजेन्द्र पुन, अविदत्त नेपाली, वैकल्पिक सदस्यमा गङ्गा परियार, नरेश्वर शर्मा तथा सल्लाहकारमा भूमेश्वर शर्मा र गुरुप्रसाद बस्याल रहनुभएको छ ।
भेलामा आयोजकको तर्फबाट भवानी प्रसादले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

