काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन् ।
Advertisement
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार तीमध्ये २२ जना नेपाली महिला छन् ।
उक्त कम्पनीमा १००को हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन् ।
एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन् ।

