• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पलेसाले बढाइन् देशको गौरव


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा भिड्दै गर्दा नेपाली गोलाद्र्धतिर मध्यरात भइसकेको थियो ।

    Advertisement

    गत शनिबार बिहानमात्रै संसारभरि छरिएका नेपालीमा एउटा हर्षको सञ्चार भयो–पलेसाले कास्य पदक जितिन् । नेपालको खेल इतिहास अझ भनौ ओलम्पिक इतिहासमा पलेसाले ल्याएको यो ऐतिहासिक पदक हो । यसअघि यस्ता खेलमा नेपाली खेलाडीले पदकहरू जित्न सकेका छैनन् ।

    ओलम्पिक यात्रा सुरुआतको २० वर्षपछि पहिलोपटक पदक ल्याउने खेलाडी बनेकी छिन् पलेसा । अपाङ्गता भएका खेलाडीलाई सहभागी गराउनका लागि सन् १९६० मा इटालीको रोमबाट सुरु भएको पारा ओलम्पिक यात्रालाई नेपालले सन् २००४ मा एथेन्स (ग्रीस) बाट पछ्याउन सुरु गरेको हो । त्यसको दुई दशकमा २१ वर्षीया पलेसाले ओलम्पिकमा नेपालको इतिहास रच्न सफल भइन् । पेरिसमा पलेसाले कास्य पदकका लागि भएको भीडन्तमा सर्बियाकी खेलाडी मारिजा मिकेभलाई १५–८ ले पराजित गर्दै नेपालका लागि कास्य पदक जितिन् । यो भनेको ५७ केजी तौल समूहका महिला खेलाडीको प्रतिस्पर्धा थियो ।

    यसअघि पनि सन् २०१८ मा काठमाडौँमा भएको दोस्रो एउटा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । त्यही वर्ष भियतनाममा भएको चौँथो एशियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले कास्य जितिन् । यो उनको अन्तर्राष्ट्रिय पदकको यात्रा थियो ।

    त्यसको तीन वर्षपछि उनले बहराइनमा भएको एशियाली युथ पारा गेम्समा पनि स्वर्ण पदक जितेकी थिइन् । सन् २०१६ देखि पारा राष्ट्रिय टिममा जोडिएकी पलेसा सन् २०१७ मा दक्षिण कोरियामा भएको एसियाली पारा तेक्वान्दोमा पाँचौँ स्थानमा थिइन् । गत वर्षको अन्तिमतिर चीनमा भएको एसियाली छनोट चरण जित्दै पलेसाले पेरिस पाराओलम्पिकको यात्रा तय गरिन् ।

    दक्षिण एसियाली छनोट चरणमा अहिलेसम्म तीन जनामात्रै नेपाली खेलाडी ओलम्पिक खेलेका छन् । त्यसअघि सन् २००४ मा ग्रिस ओलम्पिकका लागि सङ्गीना वैद्य र सन् २०१० मा दीपक विष्टले त्यो चरण पार गर्न सकेका थिए । वाइल्ड कार्डमार्फत सन् २०२० मा पनि पारालिम्पिक खेलेकी पलेसा त्यो पनि पदक नजिकै पुगेकी थिइन् । तर त्यसपछिको अथक मेहनत र कडा परिश्रमले उनलाई यसपालि कास्य पदक दिलायो ।

    काठमाडौँ बागबजारकी पलेसा जन्मिदै अपाङ्गता भएकी खेलाडी हुन् । उनको बाँया हात पूर्ण छैन । १० वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेकी उनले २१ वर्षकै उमेरमा देशका लागि खेल इतिहासमा नयाँ पाना थपेकी छिन् । यति बेला सिङ्गो नेपाल हर्ष र खुसीले दङ्ग छ ।

    संसारभरि छरिएका सारा नेपाली मख्ख छन् । संसारभरिबाट उनलाई अहिले बधाईको ओइरो आइरहेको छ । पुरस्कारका घोषणा भइरहेका छन् । देशका ऐतिहासिक पदक लिएर फर्किएकी पलेसालाई बुधबार विमानस्थलमै भव्य स्वागत भयो । उनका शुभेच्छुकहरूले खुसीयाली साट्दै नगर परिक्रमासमेत गराए । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार उनले सरकारका तर्फबाट रु ६५ लाख पुरस्कारसमेत पाउनेछिन् ।

    राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका सबै राजनीतिक दल तथा आम नागरिकले समेत उनलाई बधाई र आगामी यात्राका लागि शुभकामनासमेत दिइरहेका छन् । त्यो भव्य स्वागत र सम्मानपछि पलेसाले भनेकी थिइन्– ‘अब गर्वका साथ हामीले भन्न पाउनेछौँ हामीसँग पनि पदक छ’ । यो पदकलाई उनले आफूभित्रको दरिलो साहस र बलियो आत्मविश्वासको परिणाम भनेकी छिन् र यो पदक उनले राष्ट्र अनि सारा नेपालीका लागि समर्पण पनि गरेकी छिन् । पलेसाले ल्याएको यो पदक मात्रै उनले आफूमा त्यो सफलतालाई सिमित गरेकी छैनन् । बरु राष्ट्र अनि आम नागरिकका लागि त्यो पदकलाई समर्पण गरेकी छिन् । यो भनेको एउटा खेलाडीमा भएको राष्ट्रप्रेम पनि हो । एउटा खेलाडी आफ्नो ज्यानको बाजी लगाएर मात्रै आफ्ना लागि खेल्दैन । ऊ राष्ट्रको नाममा खेलिरहेको हुन्छ । आफ्नो सारा सपना र चाहनाहरूलाई खेलमै समर्पित गरेर उसले राष्ट्रको ध्वजा अन्तर्राष्ट्रिय मञ्चमा फहराइरहेको हुन्छ । राष्ट्रलाई सारा संसारमाझ चिनाइरहेको हुन्छ ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल’ भन्ने स्थापित मान्यतालाई हेर्ने हो हरेक खेलमा युवा जमात जोडिएको हुन्छ । जो वर्तमानको भरोसा अनि भविष्यको आशा पनि हो । खेलकुद जति राष्ट्रका लागि गौरव हो मानव स्वास्थ्यका लागि उत्तिकै आवश्यक पनि हो । तर हाम्रो राज्य खेल अनि खेलाडीप्रति उति सारो उदार छैन । हरेक क्षेत्रमा घुसिसकेको राजनीतिले खेल क्षेत्रलाई अस्तव्यस्त मात्रै पारेको छैन, बरु अन्तर्राष्ट्रियरुपमा देशको छवि पनि धमिल्याइरहेको छ । नेपालमा सयौँ खेलका विधा छन् । हजारौँ खेलाडी छन् । तर राष्ट्रिय अनि अन्तर्राष्ट्रियरुपमा देशलाई चिनाउने खेलाडीहरूको अवस्थाबारे हाम्रो राज्य अनि यसका सञ्चालकहरू कहिल्यै गम्भीर भएको देखिन्न । खेल अनि खेलाडीहरू राष्ट्रका प्रतीक पनि हुन्छन् । कतिपय खेल राष्ट्रिय गौरव पनि हुन्छन् । खेल अनि खेलाडीका लागि राज्यले उत्तिकै लगानी पनि गरिरहेको हुन्छ । तर हाम्रो देशको बिडम्बना नै भनौँ सारा जीवन खेलका लागि समर्पण गरेका खेलाडीलाई साँझबिहान छाक टार्नै मुस्किल हुन्छ ।

    अरुजस्तै एउटा खेलाडीको पनि आफ्नो जीवन हुन्छ । परिवार हुन्छ । उसका पनि परिवार अनि समाजप्रति जिम्मेदारी हुन्छन् । तर खेलमात्रै खेलेर हाम्रा खेलाडीले आफ्नो जीवन बिताउन सक्ने स्थिति छैन । आफू अनि परिवारका लागि उनीहरूले खेलमार्फत आर्थिक जोहो गर्ने अवस्था नै छैन । नेपाली खेलाडीकोस्तर अरु देशका खेलाडीको तुलनामा कत्ति पनि कम छैन । नेपाली खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनिएको छ । तर राज्यले महत्व नदिँदा सारा खेलक्षेत्र राष्ट्रभित्रै लथालिङ्ग अवस्थामा छन् । पलेसाले पनि कैयौँ चुनौती पार गर्दै ओलम्पिकसम्म पुगेर राष्ट्रका लागि पदक जितेर फर्किएकी छिन् । आर्थिक अभावदेखि अरु खेलाडीले जस्तै उनले पनि खेल अभ्यासका लागि कठीन सङ्घर्ष गर्नुपर्याे । हाम्रा कतिपय खेलका लागि गतिला रङ्गशाला छैनन् । चरिचरण डाँडाजस्ता मैदानमा खेलेर केही समयअघि मात्रै नेपाल क्रिकेटको विश्वकपसम्म पुग्न सक्यो ।

    न यहाँ एउटा गतिलो रङ्गशाला छ अनि कुनै मैदान अनि न कुनै अभ्यास गर्ने स्तरीय कभर्ड हल । पलेसाजस्ता कैयौँ त्यस्ता खेलाडी छन्, जसले ऋण धन काढेर अनि आफ्नै बलबुतामा खेलअभ्यास गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाइरहेका छन् । त्यसकै परिणाम हो, राष्ट्रिय अनि अन्तर्राष्ट्रियरुपमै चिनिएका विभिन्न विधानका हाम्रा खेलाडी अहिले जीवन धान्नका लागि धामाधम विदेश पलायन भइसकेका छन् । हाम्रा नेताहरूले खेल र खेलाडीको विकास अनि उनीहरूको स्तरीय जीवनका लागि चुनावी घोषणा त गरिदिन्छन् तर नीति निर्णय गर्ने ठाउँमा पुगिसक्दा उनीहरूले नै खेल क्षेत्र भुलिसकेका हुन्छन् । खेल क्षेत्र हाम्रो राज्यको प्राथमिकतामा कहिल्यै पर्न सकेको छैन । यो यथार्ततालाई हाम्रा नीति निर्माताले हेक्का गर्नैपर्छ र आत्मसमीक्षा अनि आगामी रणनीतिका बारेमा सोच्नैपर्छ ।

    पलेसाले पेरिसबाट ल्याएको त्यो पदक उनको मात्रै नभएर सिङ्गो राष्ट्रको इज्जत हो । खेल इतिहासमा देशको नाम लेखिएको एउटा गौरवको चिनो हो । क्षणिक रोमाञ्चकता अनि क्षणभरको प्रसिद्धीको नाममा खेलाडीलाई बधाई अनि पुरस्कार दिने मात्रै होइन, खेल क्षेत्रको दिगो विकास र कम्तीमा एउटा खेलाडीले व्यावसायिक रुपमा खेलेर आफ्नो र परिवारको जीवन धान्नसक्ने वातावरण बनाउनका लागि हाम्रा राजनीतिक दल अनि राज्य सञ्चालकहरू अहिलेदेखि नै लाग्नुपर्छ । जे होस्, देश अनि सारा नेपालीको गौरवलाई संसारभरि फिजाएइन् खेलाडी पलेसाले । यो सफलताको पर्दापछिका नायक प्रशिक्षक कविराज नेगी लामा जसले नेपालका लागि दर्जन अन्तर्राष्ट्रिय पदक दिलाइसकेका छन्, अनि उनको सिङ्गो टिमलाई हार्दिक बधाई अनि आगामी यात्रा सफलाताका लागि शुभकामना ।

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.