• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भदौरे नाच संरक्षणमा बागलुङका नेवार समुदाय


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • गलकोट (बागलुङ) । हिजोआज बागलुङ बजारका चोकचोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रूपमा प्रदर्शन गर्दै आएको भदौरे (बर्खे) नाचले बागलुङ बजारमा रौनक छाएको छ ।

    Advertisement

    बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् । यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र गुञ्जायमान भएको हो ।

    लोपोन्मुख अवस्थाका नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षण गर्न थालेका छन् ।

    निकै खर्चिला मानिने थेतर, नागनागिनी र शिखारी नाच लोप भइसकेको छ । बागलुङमा नौ वर्षपछि हनुमान नाचसमेत देखाइएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताउनुभयो । शाक्य कल्याण समाजले लाखे र जोगी नाच संरक्षण गर्दै आएको छ ।

    हनुमान नाच संरक्षण परिषद्ले हनुमान नाचलाई जीवित तुल्याएको छ । यस्तै नेवा ल्याम्ह पुच बागलुङले कटुवाल, होवा, घोडा नाच र रोपाइँ नाचलाई व्यवस्थित बनाएर देखाउँदै आएको छ । नेवा ल्याम्ह पुचकै अगुवाइमा वर्षौसम्म देखाउन नसकिएको बाटो नाप्ने परम्परा सुरु गरिएको छ ।

    मङ्काखलः बागलुङका अध्यक्ष मुशेकचन्द्र राजभण्डारीले गाईजात्रापछि बागलुङ बजारमा जात्राको रौनताका छाउने गरे पनि भदौरे जात्रा जोगाउनै मुस्किल भएको बताउनुभयो । उहाँले बागलुङमा घण्टाकर्ण पर्वपछि लाखे नाच देखाइने, गाईजात्राका दिन बास्सा नाचसमेत देखाइने जानकारी दिनुभयो ।

    ‘विसं १८४३ सालअघि बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायका शाक्य, श्रेष्ठ, राजभण्डारीलगायत समुदाय मिलेर बर्खे जात्रालाई संरक्षण गरिएको छ’ उहाँले भन्नुभयो– “सिखारी नाच, थेतर नाच र नाग नागिनी नाच लोप भइसके, लाखेको तीन नाचमध्ये एउटा मात्रै जीवित छ ।’

    स्थानीय काजीगाउँले श्रेष्ठका अनुसार भदौरे नाच दुई सय ३८ वर्ष पुरानो हो । यसको संरक्षण गर्न स्थानीय तहले साथ दिनुपर्ने उहाँको भनाइ छ । श्रेष्ठले बागलुङमा भदौरे नाचअन्तर्गतका केही नाच खर्चिला भएकाले देखाउन छोडिएको बताउनुभयो । अहिले भदौरे नाचका कारण बजारक्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले नेवार जातिको पुरानो हनुमान नाच खर्च अभावका कारण नौ वर्षपछि देखाइएको बताउनुभयो ।

    गाईजात्राको दिन बास्सा नाच देखाइएको थियो । परिवारका सदस्य मृत्यु भएको वर्षमा बास्सा नाच देखाउने भए पनि आर्थिक हैसियत हुनेले मात्रै उक्त नाच देखाउने गरेको पाइन्छ । भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको हुन्छ ।

    घण्टाकर्ण चतुर्दशीदेखि तिजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने गर्दछन् । भदौमा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय हुने गर्छन् । पुस्तान्तरणको अभावमा मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ देखिने उत्साह र सहभागिताले संस्कृति संरक्षणमा नयाँ पुस्ताको चासो देखिएको पाइन्छ ।

    भदौरे नाच बागलुङ बजारको इतिहाससँग जोडिएको छ । बागलुङ बजार स्थापनासँगै भदौरे नाच देखाउन थालिएकाले यो यस क्षेत्रको इतिहाससँग जोडिएको नेवार समुदायको भनाइ छ । (रासस)

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.