• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजमो, सन्धिखर्कले बुझायो नगरपालिकालाई १५ बुँदे ज्ञापन


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • सन्धिखर्क । नेपालको संविधानले स्थानीय सरकारलाई दिएको २२ ओटा अधिकारलाई प्रयोग र अभ्यास गर्न स्थानीय तहको समाधान गर्न सक्ने विषय तथा पालिकामार्फत केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले पालिकामा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    २०८१ भदौ ११ गते मङ्गलबार नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठलाई भेटी राजमोले सो ज्ञापन बुझाएको हो ।

    ज्ञापनमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेपाल–भारतबिच भएको सन् १९५० को असमान सन्धि, विभिन्न राष्ट्रघाती सन्धिसम्झौता खारेजी, कालापानीमा भारतीय सेनाको कब्जा, भारतद्वारा नेपालको भूमिमा भइरहेको अतिक्रमण र अमेरिकाले नेपालमाथि लादेको एमसिसीलगायतको बारेमा उल्लेख छ ।

    त्यसैगरी, पालिकाभित्र आइपरेका समस्याहरू; जस्तै : पालिकामा बढिरहेको बेरुजु, अनुत्पादक क्षेत्रमा भइरहेको खर्च नियन्त्रण, शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धि गरी उपयोगी शिक्षा र स्वरोजगारका लागि पालिकाको भूमिका, सहकारी दर्ता तथा नियमन र अनुगमन, सार्वजनिक सवारी यातायातमा मनपर्दी ढङ्गबाट असुली गर्ने भाडामाथि रोक, अव्यवस्थित व्यवसाय, पसलमार्फत हुने कालोबजारी, बढ्दो महङ्गी र विचौलियातन्त्रको अन्त्य, बजार नियमित अनुगमन, किसानको उत्पादनको वास्तविक मूल्य र किसानलाई आवश्यक कृषिसामग्री मल, बिउ, विषादी तथा प्रविधिबारे पालिकाको ध्यानाकर्षण गराइएको छ ।

    एवम् प्रकारले पालिकाभित्र स्वास्थ्य संस्थामा साधनश्रोत, योग्य र अनुभवी डाक्टर, महामारी फैलिएमा आवश्यक पर्ने सामग्री खरिद तथा भौतिक पूर्वाधारको निर्माण, पालिकाबाट गरेका विकास निर्माणका काममा दिगो र जनमुखी बनाउन नियमित अनुगमन, प्राकृतिक विपत्तिबाट क्षति कम गर्न आवश्यक योजना र बिपत् व्यवस्थापन समितिको तयारी, खेतियोग्य उर्वर जमिनलाई उत्पादन क्षेत्रको रूपमा उपयोग, सार्वजनिक, प्राकृतिक, सांस्कृतिक सम्पदा र पर्यावरणसँगै वातावरणीय स्वच्छताको निम्ति आवश्यक कार्ययोजना जस्ता विषयमा ध्यान आकर्षण गराइएको छ ।

    राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसीको नेतृत्वमा सो प्रतिनिधिमण्डल नगर कार्यपालिका पुगेको थियो ।

    प्रतिनिधिमण्डलमा केन्द्रीय सदस्य यमलाल पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनकी सचिव उषा पुन, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, जिल्ला सचिवालय सदस्य भीमलाल आचार्य, राजमो जिल्ला सदस्यहरू रुद्र पराजुली, दिलदार हुसेन, निमिराज भट्टराई, राजमो सन्धिखर्कका अध्यक्ष गोविन्द बिसी, राजमो नगर कोषाध्यक्ष लीला भुसाल, राजमो नेता सिद्धिप्रसाद भट्टराई, राजमो नगर सहसचिव वसन्त खड्का, नगर सदस्य शालिकराम बन्जाडे र देविप्रसाद पौडेल, कृष्ण खनाल, राधा आचार्य, अखिल नेपाल महिला सङ्घकी जिल्ला कोषाध्यक्ष मीना बिसी, महिला सङ्घकी नगर सदस्य शान्तिदेवी पौडेल, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष जनक पुन र अखिल नेपाल युवक सङ्घका जिल्ला कोषाध्यक्ष भ्रपाल बिसी सहभागी हुनुहुन्थ्यो ।

    ज्ञापनपत्र राजमो जिल्ला सचिवालय सदस्य वाचन कमल प्रसाद घिमिरेले गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.