• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

सहिद सरोज शर्माको अडतिसौँ स्मृतिदिवसमा मूल प्रवाहको श्रद्धाञ्जली


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को अडतिसौँ स्मृतिदिवस (भदौ ११) को सन्दर्भमा मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा २०८१ भदौ ११ गते तदअनुसार अगस्त २७, २०२४ का दिन प्रेसवक्तव्य जारी गर्दै सिङ्गो सङ्गठनको तर्फदेखि खनालले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

    प्रेसवक्तव्यमा सहिद सरोज शर्मालाई सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी सदस्य रहेको बताइएको छ ।

    श्रमजीवी वर्गको विपक्षमा देखा पर्ने विभिन्न भड्कावका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रण गरिएको प्रेसवक्तव्यमा अगाडि भनिएको छ– “हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।”
    २०४२ सालको बमकाण्डको आरोपमा भूमिगत हुनुपरेपछि सहिद सरोज शर्मा दिल्ली पुगेर “नेपाली एकता” पत्रिकाको सहसम्पादक बनेर काम गर्नुभएको थियो । सोही क्रममा २०४३ साल भदौ ११ गते नयाँ दिल्लीको बेलारोडमा पत्रिका विक्रीवितरण गर्न जाँदा उहाँले सहादत प्राप्त गर्नुभएको थियो ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “क. सरोज शर्मा (शोभाखर धनञ्जय) हाम्रो सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी नेता हुनुहुन्थ्यो । सङ्गठनको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँको मृत्यु भएको थियो र त्यसरी सङ्गठनले उहाँलाई सहिद मान्दै आएको छ । आज उहाँको स्मृतिदिवस हो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    हाम्रो सङ्गठनले स्थापनाकालदेखि नै कैयौँ आरोह र अवरोह झेल्दै क्रान्तिकारी अभिभारा पूरा गर्दै आएको छ । श्रमजीवी वर्गको विचारको रक्षाको प्रश्न नै हाम्रो सङ्गठनको वर्तमानको मुख्य अभिभारा हो । हामीले सही कार्यदिशा निश्चित गरी देश तथा प्रवासमा रहने श्रमजीवी नेपालीको बिचमा महत्त्वपूर्ण भूमिका खेल्दै क्रान्तिको विचारको रक्षा गर्न सक्ने छौँ । हामीले दृढतापूर्वक भन्दछौँ कि सबै खालका भड्कावबाट सङ्गठनको रक्षा गर्न हाम्रा अगाडि आउने सबै चुनौतीको सामना गर्न हामी तयार छौँ र रहिरहने छौँ । हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहने छन् र उहाँको योगदानलाई सदा स्मरण गरिने छ ।”

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.