मेघराज रिष्मेली, टोकियो ।
आगामी सेप्टेम्बर २ र ३ (२०२४) मा जापानमा “तिज धमाका” कार्यक्रम हुने भएको छ ।
जापान नेपाली एकता समाजको आयोजनामा राजधानी टोकियो र सिनओसाकामा उक्त कार्यक्रम हुन थालेका हुन् ।
एकता समाजका महासचिव तेजेन्द्र क्षेत्रीले जनाउनुभएअनुसार टोकियोमा सबै नेपाली चेलीबेटीलाई बोलाएर दरखाने कार्यक्रमसहित तिज मनाइँदै छ ।
त्यस्तै, एकता समाजका क्षेत्रीय अध्यक्ष गोपालकृष्ण सापकोटाले जानकारी दिनुभएअनुसार ओसाकामा “तिज धमाका” कार्यक्रमका लागि रक्तिम सांस्कृतिक अभियानको टिमसहित नेपालबाट कलाकारहरूलाई निमन्त्रणा गरिएको छ ।
कार्यक्रममा भाग लिन नरेश खाती, कुलवीर थापा, दुर्गेश कार्की र केशव शर्मासहितको टोली जापान आउँदै छन् ।
महासचिव क्षेत्रीले भन्नुभयो– ‘एकता समाजले दुवै कार्यक्रममा व्यापक सहभागिताका लागि जापानस्थित सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छौँ ।’