काठमाडौँ । रामेछापको शैलुङ गाउँपालिका–३ लेखर्क पहरीगाउँमा २०८१ भदौ ८ गते राति गएको पहिरोमा पुरिएका छ जनाको शव फेला परेको छ ।
Advertisement
मृत्यु हुनेहरूमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार पहिरोमा परी ७५ वर्षीय फडकी पहरी, ५५ वर्षी काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया बिन्दा पहरी अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोले चारओटा घर तथा शैलुङ–२ र ३ जोड्ने पक्की पुल बगाएको छ ।