काठमाडौं । भारतीय खेलाडीले बलात्कारपछि हत्या गरिएकी डाक्टर मोमिताको न्यायका लागि अपिल गरेका छन् ।
नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको भारतले डा मोमिताप्रति समर्पित गरेको हो ।
खेलको ३७ औँ मिनेटमा केल्भिन सिंहको कर्नरमा मोनिरुल मोल्लाको हेडर गोलमा भारतले अग्रता बनाएको थियो।
मोल्लाले त्यो गोल भारतीय ट्रेनि डाक्टर मोमितालाई समर्पण गरे। उनले टिसर्टमा जस्टिज फर मोनिता लेखेका थिए।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को कठिन जित दर्ता गरेको हो।
भारतको जितमा मोनिरुल मोल्लाको गोल नै निर्णायक बन्यो।
खेलको ३७ औँ मिनेटमा केल्भिन सिंहको कर्नरमा मोनिरुल मोल्लाको हेडर गोलमा भारतले अग्रता बनाएको थियो।
प्रतिस्पर्धात्मक खेलमा ३ रातो कार्ड देखाइएको थियो। दुई पक्षबीच केहीबेर तनाव हुँदा भारतले दुई तथा भुटानले एक् रातो कार्ड पायो। त्यसपछि भारत ९ र भुटान भने १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै समूह बी मा रहेको भारतले अंक तालिकामा ३ अंक जोडेको छ।
खेलमा भोलि मंगलबार समुह ए को बंगलादेश र श्रीलंका खेल्नेछन्। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ। समूह ए मा बंगलादेशले पहिलो खेल खेल्न लागेको हो। श्रीलंका भने पहिलो जित निकाल्न चाहान्छ। च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंका घरेलु टोली नेपालसँग १–० गोल अन्तरले पराजित भएको थियो।