• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बंगलादेशमा अल्पसंख्यक हिन्दूहरू निशानामा पर्न थालेपछि मुस्लिमले नै गर्न थाले मन्दिरको सुरक्षा


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । बंगलादेशबाट शेख हसिनाको सत्तावसानपछि त्यहाँका अल्पसङ्ख्यक हिन्दूहरू निसानामा पर्न थालेका छन् । हिन्दू धर्म मान्ने व्यक्तिका घरमा पसेर तोडफोड तथा लुटपाट र उनीहरूमाथि कुटपिट भएका विवरणहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

    Advertisement

    बंगलादेश इस्लामिक गणतन्त्र हो। विपरीत आस्था भएका मानिसहरू बेलाबेलामा अतिवादीहरूको आक्रमणमा पर्ने गरेका छन्। हिन्दू अल्पसङ्ख्यकहरूलाई धर्मनिरपेक्षताको पक्षमा उभिएकी शेख हसिनाको दल अवामी लीगको समर्थक मान्ने गरिन्छ।

    शेख हसिना देशबाट भागेपछि सामाजिक सञ्जालमा हिन्दूहरूको धनसम्पत्ति र मन्दिरहरूमा आक्रमण गरिएका कैयौँ विवरणहरू राखिएका छन्।

    तर मुस्लिम युवाहरूका समूहहरूले पनि हिन्दूका घर र मन्दिरहरूमा थप क्षति हुन नदिन सुरक्षा दिएका बीबीसीले उल्ल्ेख गरेको छ।

    यसअघि सन् १९९२ मा हिन्दूहरूको एउटा भिडले अयोध्यास्थित बाबरी मस्जिद भत्काइदिएपछि पनि बंगलादेशका अल्पसङ्ख्यकहरू निसानामा परेका थिए। त्यसयताका दशकमा हिन्दूहरूमाथि कैयौँ धार्मिक आक्रमणहरू भएका छन्।

    एउटा बंगलादेशी मानवाधिकार समूह ‘ऐन ओ सलिश केन्द्र’ले सन् २०१३ को जनवरीदेखि सन् २०२१ को सेप्टेम्बरसम्म हिन्दू समुदायमाथि कम्तीमा ३ हजार ६७९ पटक आक्रमण भएको जनाएको छ। त्यसमा तोडफोड, आगजनी र योजनाबद्ध हिंसा पर्छन्।

    सन् २०२१ मा सबैभन्दा हिन्दूहरूको सबभन्दै ठूलो चाड दुर्गापूजाअघि र पछि उनीहरूका निवास र मन्दिरमा विभिन्न समूहले आक्रमण गरेका थिए।

    त्यस बेला अधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले भनेको थियो, ‘बारम्बर हुने यस्तो व्यक्तिमाथिको आक्रमण, सामुदायिक हिंसा र अल्पसङ्ख्यकहरूका घर र पूजा गर्ने ठाउँमा वर्षौदेखि हुँदै आएका क्षति पुर्‍याउने गतिविधिले राज्य अल्पसङ्ख्यकहरूलाई सुरक्षा दिन विफल रहेको देखाउँछ।’

    मुस्लिम युवाले गरे मन्दिरको सुरक्षा
    ढाकाबाट २०० किलोमिटर उत्तर शेरपुर जिल्लामा भिडले हिन्दूहरूका घरमा लुटपाट गर्‍यो। तर सकारात्मक कुरा के थियो भने हिंसा फैलिएको खबर आएपछि स्थानीय मुसलमानहरूले हिन्दूका घर र मन्दिरबाहिर पहरा दिन सुरक्षा घेरा बनाएका थिए।

    ‘यो बंगलादेशमा सबैतिर छ। मुसलमानहरूले हिन्दूहरूको घर तथा भवनलाई पनि सुरक्षा दिएका छन्,’ एक हिन्दूर युवा अभिरूप सरकारले बीबीसीसँग भनेका छन्, ‘यो डरलाग्दो समय हो। शान्ति र सुव्यवस्था छैन। र हामी फेरि निसानामा परिरहेका छौँ ।’

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.