• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बिरामी बिदा कटौति गर्ने सरकारको निर्णयप्रति शिक्षक सङ्घको विरोध


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले बिरामी बिदा कटौति गर्ने सरकारको निर्णयलाई पेसागत अधिकार र श्रम ऐन–२०७४ विपरीत भएको भन्दै विरोध गरेको छ ।

    Advertisement

    महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०८१ साउन २१ गते जारी प्रेसवक्तव्यमार्फत् सङ्घले विरोध व्यक्त गरेको हो ।

    वक्तव्यमा करार (राहत) शिक्षक र स्थायी शिक्षकमाझ सेवासुविधामा कुनै भेदभाव नगरिएको स्मरण गराइएको छ ।

    वक्तव्यमा भनिएको छ– “ शिक्षा ऐन/नियमावलीले स्थायी/करार (राहत) कोटामा कार्यरत शिक्षकहरूको नियुक्ति प्रक्रिया र बिदा विषयमा कुनै विभेद गरेको छैन । जिल्लाहरूमा दरबन्दी मिलानमा समेत राहतमा कार्यरत शिक्षक कोटालाई समेत समान दृष्टिकोण राखिन्छ ।”

    प्रेसवक्तव्यमा सङ्घले शिक्षकहरूलाई कक्षाकोठामा प्रवेश गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । यसबारे भनिएको छ– “नेपाल सरकारको पहिलो दायित्व शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई दिइँदै आएका सेवासुविधामा थप गरी उनीहरूलाई उत्साहित बनाएर कक्षाकोठामा प्रवेश गर्ने वातावरण सिर्जना गर्नु हो ।”

    “नेपालको संविधान, मौजुदा शिक्षा ऐन/नियमावली एवम् श्रम ऐन–२०७४ ले गरेको व्यवस्थाअनुसार शिक्षण पेसाप्रतिको आकर्षण वृद्धि गरी विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षक वर्षमा २४ दिन बिदा बस्दा हुने शैक्षिक क्षतिप्रति गम्भीर बनी उक्त निर्णय अविलम्ब फिर्ता अखिल नेपाल शिक्षक सङ्घ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ” वक्तव्यमा भनिएको छ– “अन्यथा नेपाली शिक्षक कर्मचारीहरू कडा आन्दोलन र कानुनी उपचार खोज्न बाध्य हुने मितिमा अवगत गराउँछौँ ।”
    यस्तो छ, वक्तव्यको पूर्ण पाठ :

    “नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट देशभरका सबै स्थानीय तहलाई २०८१ श्रावण ४ गते सम्प्रेषित पत्रप्रति नेपाल शिक्षक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सामुदायिक विद्यालयमा २०६० सालदेखि नेपाल सरकारले करार (राहत) शिक्षकको रूपमा नियुक्त गरेका करिब ४२ हजार शिक्षकलाई निरुत्साहित पार्ने गरी नेपाल सरकार शिक्षा मन्त्रालयले राहत दरबन्दीमा रहेकालाई नेपाल शिक्षक महासङ्घसँग दरबन्दीमा रूपान्तरण गरी स्थायी गर्ने पटक पटक गरिएको सहमति/सम्झौता विपरीत र मौज्दात शिक्षा ऐन, नियमावलीमा व्यवस्था भएबमोजिम वर्षमा १२ दिन बिरामी बिदा पाउने र ती बिदालाई सञ्चित गर्ने एवम् बिरामी बिदाको रकम पाउने व्यवस्था विपरीत बिरामी बिदा सञ्चित गर्न नपाउने गरी गरिएको निर्णय शिक्षकको पेसागत अधिकार र श्रम ऐन–२०७४ ले गरेका व्यवस्था विपरीत छ । शिक्षा ऐन/नियमावलीले स्थायी/करार (राहत) कोटामा कार्यरत शिक्षकहरूको नियुक्ति प्रक्रिया र बिदा विषयमा कुनै विभेद गरेको छैन । जिल्लाहरूमा दरबन्दी मिलानमा समेत राहतमा कार्यरत शिक्षक कोटालाई समेत समान दृष्टिकोण राखिन्छ ।

    यो अवस्थामा विदा सञ्चित गर्न नपाउने भन्नु एक वर्षमा ६–६ दिन भइपरिआउने र पर्व बिदा र १२ दिन बिरामी बिदा गरी २४ दिन शिक्षक कक्षाकोठाको शिक्षण सिकाइ सहजीकरणमा सहभागी नहुने बनाउनु हो । आकस्मिक बिरामी हुँदा, अत्यावश्यक काम पर्दा बेतलबी बनाउनु पनि हो । यो निर्णयले पेसागत हक, ट्रेड युनियन अधिकार खोस्दै शिक्षकहरूलाई निरुत्साहित पार्नु, शैक्षिक गुणस्तर विनाशको बाटो अपनाउनु एवम् बालबालिकाले नियमित पढ्न पाउने अधिकार हनन् र शिक्षकको लामो समय विद्यालयमा हुने अनुपस्थितिबाट हुने गम्भीर शैक्षिक क्षतिप्रति सरकार गैरजिम्मेवार बन्नु हो ।

    यसर्थ नेपाल सरकारको पहिलो दायित्व शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई दिइँदै आएका सेवासुविधामा थप गरी उनीहरूलाई उत्साहित बनाएर कक्षाकोठामा प्रवेश गर्ने वातावरण सिर्जना गर्नु हो । नेपालको संविधान, मौजुदा शिक्षा ऐन/नियमावली एवम् श्रम ऐन–२०७४ ले गरेको व्यवस्थाअनुसार शिक्षण पेसाप्रतिको आकर्षण वृद्धि गरी विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षक वर्षमा २४ दिन बिदा बस्दा हुने शैक्षिक क्षतिप्रति गम्भीर बनी उक्त निर्णय अविलम्ब फिर्ता अखिल नेपाल शिक्षक सङ्घ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ अन्यथा नेपाली शिक्षक कर्मचारीहरू कडा आन्दोलन र कानुनी उपचार खोज्न बाध्य हुने मितिमा अवगत गराउँछौँ ।”

    मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.