• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भूमिकास्थानका अग्निपीडितलाई दश लाख राहत हस्तान्तरण (फोटासहित)


  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँचीको भूमिकास्थान–३ र ४ धारापानीका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

    वडास्तरीय अग्निपीडित सहयोग समितिको कोषमा विभिन्न सहयोगीदाताबाट सङ्कलन भएको १० लाख १२ हजार छ सय ८८ रुपैयाँ रकम २०८१ साउन २१ गते सोमबार एक कार्यक्रमका बिच २९ घर परिवारलाई भूमिकास्थान नगरप्रमुख झविलाल थापाद्वारा हस्तान्तरण गरिएको हो ।

    उक्त सहयोग रकममध्ये आगलागीबाट पूर्ण रूपमा घर गुमाएका कृष्णा ओलीलाई ६७ हजार पाँच सय, मनिराम भुसाल ६६ हजार, बसन्ता मल्ललाई ६१ हजार पाँच सय, देवी आलेलाई ६१ हजार पाँच सय, दिउरी भुसाल, ऋषिराम भुसाल, रामजी भुसाल, झबिलाल भुसाललाई जनही ६० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

    आगलागीबाट वालसहितको थारो र एकओटा पल्सर मोटरसाइकल गुमाउनुभएका यज्ञप्रसाद भुसाललाई ५० हजार, गङ्गबहादुर विकलाई ४५ हजार, नरिश्वर भुसाललाई ३९ हजार, तिलक भुसाललाई ३५ हजार प्रदान गरिएको छ ।

    त्यस्तै, आगलागीबाट थारो गुमाउने विष्णु घर्तीमगर, टीका भुसाल, रामु भुसाल, राजु भुसाल, डोलप्रसाद भुसाल र सीता विकले क्रमश ३० हजारका दरले राहत प्राप्त गर्नुभएको छ ।

    एवम् प्रकारले पुष्पा भुसाललाई २७ हजार, दुर्गा विक २० हजार, शान्ता परियार १९ हजार पाँच सय र हुमकला भुसाललाई १७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।

    त्यस्तै, पदम प्रसाद भुसाल, गङ्गाबहादुर भुसाल, शोभाखर बन्जाडे र भरत बन्जाडेलाई जनही १५ हजार वितरण गरिएको छ ।
    त्यसैगरी, भुपलाल भुसाललाई सात हजार, शिवलाल भुसाल र पूर्ण बहादुर विकलाई पाँच/पाँच हजार रुपैयाँ हस्तान्तरण गरिएको वडाध्यक्ष एवम् राहत सङ्कलन÷वितरण समितिका संयोजक कृष्ण प्रसाद बन्जाडेले जानकारी दिनुभयो ।

    राहत वितरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगर प्रमुख झबिलाल थापाले बिपत्को सामना गर्नुभन्दा घटना हुनै नदिने गरी पूर्वतयारी गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । त्यसका लागि आगामी हिउँदको याममा सामुदायिक वन र सरोकारवालासँग समन्वय गरि वनपाखामा रहेका पातपतिङ्गर, घुस्हन र झाडी सोहोर्ने योजनामा नगरपालिका रहेको उहाँको भनाइ छ ।

    गत चैत र वैशाख महिनामा भएको आगलागी र डढेलोमा भूमिकास्थान नगरपालिकाका विभिन्न वडामा २१ घर, २० गोठ जलेर नष्ट हुनुका साथै एक ४ बर्षिया बालिकाको समेत ज्यान गएको स्मरण गराउँदै उहाँले बिपत्तिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

    वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, स्थानीय शिक्षक वीरेन्द्र पौडेलको स्वागत मन्तव्य र वडासचिव देवराज श्रेष्ठको सञ्चालनमा सम्पन्न राहत वितरण तथा कोषको सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी र राहत सङ्कलन समितिका सदस्य नारायणप्रसाद भुसालले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरूले गत आर्थिक वर्षमा अर्घाखाँचीकै ठुलो बिपत्बाट भूमिकास्थानले सामना गर्नुपरेको स्मरण गर्दै बिपत्तिमा साथ दिने सबैलाई धन्यावाद दिनुभएको छ ।

    समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्यसमेत सकिएको वडाअध्यक्ष बन्जाडेको भनाइ छ ।

    राहत वितरण कार्यक्रममा स्थानीय राजनीतिक दल, प्रहरी, पत्रकार, सामाजिक अगुवा, अग्निपीडित र उनीहरूका आफन्तको सहभागिता रहेको थियो ।

    गत वैशाख ८ गते शनिबार दिउँसो करिब २ बजे जङ्गलबाट सल्किएको आगो बस्तीमा पस्दा धारापानीका २९ घरपरिवार कुनै कुनै रूपमा प्रभावित भएका थिए ।

    मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.