काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली महिला टोलीको दोहोरो विजयप्रति हर्ष प्रकट गर्दै आगामी विजयका लागि शुभकामना व्यक्त गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ साउन २० गते आइतबार प्रेसविज्ञप्ति जारी गर्दै राजमोले यस्तो प्रतिक्रिया दिएको हो ।
राजमोले आजै हुन थालेको इरान र मालदिभ्ससितका खेलमा तथा काभा भलिबल प्रतियोगितामा विजयका लागि समेत शुभकामना व्यक्त गरेको छ ।
यस्तो छ वक्तव्य
“नेपालको महिला राष्ट्रिय टोलीले हिजो २०८१ साउन १९ गत शनिबार काभा भलिबल प्रतियोगिता (सेन्ट्रल एसिया भलिबल एसोसियसन) मा भारत र उज्वेकिस्तानलाई हराएको छ ।
भारतीय टोलीसित नेपाली महिला टोली पटक पटक पराजित हुँदै आएको थियो तर हिँजो काठमाडौँको दशरथ रङ्गशालामा भएको खेलमा नेपाली महिला टोलीले भारतमाथि ३–२ अङ्कका साथ विजय हासिल गरेको हो भने भुटानमा सम्पन्न भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले २–० अङ्कका साथ विजय हासिल गरेको छ । नेपाली महिला टोलीले आज काठमाडौँमा इरानसित र भुटानमा माल्दिभ्ससित खेल्दै छ ।
राष्ट्रिय जनमोर्चा नेपाली महिला टोलीको यी दुवै विजयप्रति हर्ष प्रकट गर्दै बधाई ज्ञापन गर्दछ । त्यसका साथै हामी आज हुने दुवै खेलमा र अन्ततः काभा प्रतियोगितामा विजयको अपेक्षासहित अग्रिम शुभकामना व्यक्त चाहान्छौँ ।”