काठमाडौं । नेपालले बिहीवार श्रीलंकालाई सहजै हराउँदै घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल नेसन्स लिगमा सुखद् शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपालले पाहुना टोली श्रीलंकामाथि ३–० को सोझो सेटमा निकाल्दै घरेलु मैदानमा शुरु भएको प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।
सुरुवातमा श्रीलंकाले घरेलु टोलीमाथि खासै राम्रो प्रदर्शन सकेन । नेपालले पहिलो दुई सेट सहजै आफ्नो बनायो । नेपालले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–१८ ले आफ्नो बनाउँदै सहजै खेल आफ्नो बनाउने संकेत गर्यो ।
तेस्रो सेटमा भने नेपाल शुरुदेखि नै दबाबमा पर्यो । पाहुना टोलीले आफ्नो तिब्र गतिको खेलमा फाइदा लियो ।
इरानविरुद्ध भारत विजयी
आजै भएको दोस्रो प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा भारतले इरानलाइ ३–१ को सेटमा पाखा लगाएको हो।
भारतले इरानविरुद्ध २५-२०,२५-१८,१९-२५ २५-११ ले जित हात पारेको हो।
पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेट भने गुमाउन पुग्यो।
जितसँगै भारतले अंक तालिकामा ३ अंक जोडेको छ।
आजै भएको पहिलो खेलमा नेपालले श्रीलंकामाथि सोझो सेटमा जित हात पारेको थियो।
अंक तालिकामा नेपाल शीर्ष र भारत दोस्रो स्थानमा छ।
लिगमा भोलि शुक्रबार श्रीलंका र इरान तथा भारत र मालदिभ्स खेल्नेछन्।