काठमाडौं । नेपाली संगीत क्षेत्रका सम्मानित व्यक्तित्व तथा शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ।
Advertisement
लामो समयदेखि मिर्गौला रोगका कारण ग्रसित उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
गत चैतमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो। उपचारका लागि आर्थिक सङ्कटको सामना गरिरहेका उनी उपचार गराउन नसकेर केही दिनअघि मात्रै काठमाडौँबाट आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए।
नेपाली सङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार तथा सङ्गीत गुरुका रूपमा परिचित उनको निधनले नेपाली सङ्गीत जगत दुःखी बनेको छ।
उनी नेपाल मात्रै नभई भारतसहित अन्तराष्ट्रिय जगतमा परिचित थिए।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत ६९ वर्षका थिए।
शास्त्रीय संगीतका गुरु कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा भएको थियो।