मस्को । युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रलाई लक्षित गरी फायर गरेका ३९ ओटा ड्रोन नष्ट गरेको रुसले दाबी गरेको छ ।
Advertisement
रुसी हवाई प्रतिरक्षा प्रणालीले कुर्स्क क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र ब्रायन्स्कको आकाशमा पाँचओटा ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत सार्वजनिक गरेको हो ।
त्यसैगरी, सेन्ट पिटर्सबर्ग नजिकैको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा आतङ्वादी आक्रमणका लागि प्रयासरत अन्य तीन ड्रोन निष्क्रिय पारिएको छ ।
पछिल्लो समय रुसी इन्धन डिपो, ऊर्जा केन्द्र र सीमावर्ती क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणका समाचार आइरहेका छन् । रुसले युक्रेनका विद्युत्गृहमा पछिल्दो समय निरन्तर आक्रमण गर्दा युक्रेनमा बिजुलीको गम्भीर अभाव भएको छ । (रासस/एएफपी)