• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

समाजमा नयाँ अन्तरविरोधको सिर्जना हुँदैछः महामन्त्री सिंह


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कोरोना भाइरसबाट सिर्जित समस्याका कारण समाजमा नयाँ अन्तरविरोधको सिर्जन हुन लागेको बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) काठमाडौं जिल्ला समितिले १३१ औं मे दिवसका अवसरमा आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै महामन्त्री सिंहले नेपाल र विश्वले नै अब नयाँ अन्तरविरोध र चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो ।

    ‘विदेशमा रोजगारीका लागि गएका लाखौं युवा अब स्वदेश फर्कदैँछन् । एकै चोटी लाखौं मानिसलाई देशभित्र रोजगारीलगायतको व्यवस्थापन गर्नुपर्दा त्यसले समाजमा नयाँ खाले अन्तरविरोध पैदा गर्नेछ’ महामन्त्री सिंहले भननुभयो, ‘त्यो अन्तरविरोधलाई देशमै उत्पाद र रोजगारीको सिर्जनासँगै आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित बनाउनु पर्छ ।’

    यदी त्यसो हुन नसकेमा समाज र राजनीतिमा थप जटिलता पैदा हुने सिंहले बताउनुभयो । उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरुले अनुशासित ढंगले पार्टी नियमको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालिन परिस्थितिले नयाँ–नयाँ अन्तरविरोधहरुको सिर्जन गर्छ । त्यसलाई अनुशासित ढंगले हल गर्नुपर्छ । अनुशासन पार्टीमा मात्रै होइन, परिवार, समाज, संघ संस्था हरेक ठाउँमा पालना गर्नुपर्छ ।’

    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले विश्वास गरेर दुई तिहाइ जति मत दिएपनि सरकारले जनमतको सदुपयोग गर्न नसकेको बताउनुभयो । देशमा महंगी र भ्रष्टाचार बढ्दै गएको, सत्ताधारी दलभित्र भइरहेको कुर्चीको लुछाचुँडीले जनतालाई निराश बनाएको केसीले बताउनुभयो ।

    कोरोना भाइरसको महामारीविरुद्ध देश एकजुट भएर सामाना गर्नुपर्ने बेलामा सत्तारुढ नेकपाले कुर्चीका लागि छिनाझपटी गरेर गाईजात्रा देखाएको केसीले आरोप लगाउनुभयो ।

    कार्यक्रममा राजमो नेता आनन्द शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसाल, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, उद्योगी बिबि अधिकारि, बुद्धिजीवी भोला ढकाल, महिला नेत्री रीतु केसी राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेल्बासे लगायतका नेताहरुले मे दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    यस्तै, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकूर खनाल, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार मधु क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन (कतार), दक्षिण कोरिया नेपाली एकता समाजका विष्णु पुन, एकता समाज ओमानका छविलाल बस्नेत, कुवेत नेपाली एकता समाजका खुम रायमाझी, युयई नेपाली एकता समाजका अध्यक्ष जय विकसहित, बहराइन, हङकङ, साउदी अरब लगायतका देशबाट पनि त्यहाँकाे एकता समाजमा आवद्ध नेताहरुले अहिलेकाे स्थितिमा श्रमिककाे अवस्थाबारे धारणा राख्नुभएकाे थियाे ।

    नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मीले गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.