वासिङ्टन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ ।
इजरायल–हमास युद्ध अन्त्य गर्नका लागि सो भेटवार्ता भएको बताइएको हो ।
राष्ट्रपति बाइडेन र नेतान्याहूबिचको भेटलाई हमासद्वारा कब्जामा लिएका अमेरिकी बन्धकका आफन्तले फलदायी र इमानदार प्रयास भनेका छन् ।
गाजामा बन्धक बनाइएका अमेरिकी नागरिकका आफन्तले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतन्याहूलाई भेटेका हुन् ।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै परिवारका सदस्यहरूले भने– ‘उनीहरू आज तात्कालिकताको भावनाका साथ आएका छन् र इजरायल र हमासबिच युद्धविराम सम्झौता पूरा गर्नुपर्ने आवश्यकतामा इमान्दार प्रयास गर्ने बताएका छन् । यसको अर्थ आफ्ना प्रियजनहरूको छिट्टै रिहाइ हुन सक्छ ।’
‘हामीले बाइडेन प्रशासन र प्रधानमन्त्री नेतन्याहूबाट रिहाइका लागि पूर्ण प्रतिबद्धता प्राप्त गरेका छौँ । उनीहरूले यस क्षणको तात्कालिकतालाई बुझेका छन्’ हमासले कब्जामा लिएका बन्धकका आफन्तहरूले भने । उनीहरूले महिनौँको तुलनामा सम्झौताप्रति बढी आशावादी रहेको बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति जो बाइडेनसँगको भेट उपलब्मिुलक भएको भन्दै आफ्नो ह्वाइट हाउस भ्रमणको प्रशंसा गर्नुभएको छ ।
नेतान्याहूले बैठकको सुरुमा बाइडेनसँगभन्नुभयो– ॅएक गौरवशाली यहुदी जियोनिज्मदेखि आइरिस–अमेरिकी नियोनिस्टसम्मको तर्फबाट म तपाईंलाई ५० वर्षको सार्वजनिक सेवा र इजरायलको लागि ५० वर्षको सहयोग र समर्थनका लागि धन्यवाद दिन चाहन्छु ।’
सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुअघि नेतन्याहूको ह्वाइट हाउसको भ्रमणपछि भएको यो उहाँको पहिलो अमेरिका भ्रमण हो ।
गाजामा ३९ हजारभन्दा बढीको ज्यान जाने गरी नौ महिनादेखि जारी युद्धको अन्त्यका लागि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र नेतान्याहुमाथि दबाब बढिरहेको बेला भएको हो । दर्जनौँ इजरायली बन्धक अझै पनि हमासको कब्जामा छन् । (रासस/एएफपी)