• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जब मित्रमणीलाई खुकुरी हानेर खाल्डोमा फालियो…


  •   बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
  • सुवास जिसी

    Advertisement

    सहिद क. मित्रमणी आचार्यको २०४२ साल वैशाख १८ गते चितवनको मेघौलिमा तत्कालीन कांग्रेस र पञ्चहरुको गठवन्धनद्वारा हत्या गरिएको थियो । उहाँको हत्या भएको अहिले ३६ वर्ष भैइसकेको छ । क. मित्रमणी हाम्रो सामु हुनुहुन्न, तरपनि उहाँले बोकेको क्रान्तिकारी दर्शन, विचार, आदर्श र जीवन आज पनि हाम्रो सामु छ । सहिद क. मित्रमणीले गर्नुभएको उच्च प्रकारको वलिदानलाई अखिल (छैठौं) र सम्पुर्ण देशभक्त क्रान्तिकारी नेपालीहरुको तर्फबाट हार्दिक अभिनन्दन व्यक्त गर्दछ र उहाँप्रती श्रद्धाञ्जली अर्पण गर्दछ ।

    मित्रमणी आचार्यको जन्म वि.स. २०१९ साल असार ११ गते प्युठान जिल्लाको तत्कालीन रम्दी गाविस वडा न. २ तिघ्रामा भएको थियो । उहाँ सानै देखि इमान्दार तर लडाकु प्रकारको हुनुहुन्थ्यो । उहाँले २०२६ साल देखि तिघ्रा प्रावि, निमावि खैरा र मावि रातामाटामा अध्ययन गर्नुभएको थियो । उहाँले एसएलसी गरेपछि पक्लिहवा क्याम्पसमा कृषि विषय अध्ययन गर्न भर्ना हुनुभयो । त्यहीँबाट नै उहाँको राजनैतिक जीवनको समेत सुरुवात भयो ।

    उहाँ त्यहाँको तत्कालीन अखिलको इकाई समिती सदस्य हुनुभयो । २०३८ सालमा रुपन्देही जिल्लाको सचिव हुनुभयो भने त्यही वर्ष पक्लिहवा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा विजयी हुनुभयो । उहाँ २०४० सालमा अखिलको आठौं केन्द्रीय समितिको सदस्य हुनुभयो । पक्लिहवाको अध्ययन सकेपछि उहाँ ब्याचलर पढ्न कृषि क्याम्पस भरतपुर आउनुभयो । २०४१ सालमा कृषि क्याम्पसमा प्रगतिशील प्यानलवाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी हुनुभयो ।

    त्यतिबेला कांग्रेस र मन्डलेहरुको केन्द्र रहेको चितवन मित्रमणी र उहाँ जस्तै सहासी योद्धाहरुको कारण प्रगतिशील र वामपन्थीहरुको प्रभाव बढेको थियो । चितवनका क्याम्पसमा अखिलले विजयी प्राप्त गरेको थियो भने जनमासमा अखिलको प्रभाव बढ्दो थियो । जसका कारण कांग्रैसी गुन्डा र मन्डलेहरु अखिल र मित्रमणीहरुबाट त्रसित बनेका थिए । स्ववियु निर्वाचनमा अखिल विरुद्ध उनीहरुले मोर्चाबन्दी गरेका थिए । तर अखिलले निर्वाचन जितेपछि त्यसवाट रुष्ट भएका गुन्डा र मन्डललेहरुले मित्रमणीको हत्या गर्ने योजना बनाए । तत्कालीन क्याम्पस प्रशासन र स्थानीय प्रशासन अखिल विरुद्ध थियो । तिनीहरु सबैले गुन्डा र मन्डलेका हर्कतलाई संरक्षण गर्दथे भने अखिलका साथीहरूलाई विभिन्न आरोप लगाएर चौकिमा थुन्ने र मुद्दा लगाउने गर्दथे । यसरी क्याम्पस प्रशासन र स्थानीय प्रशासनले कांग्रेसका गुन्डा र मण्डलेका अपराधहरुलाई संरक्षण गर्दै प्रोत्साहन गर्दथ्यो ।

    २०४२ साल वैशाख १८ गते मेघौली माविमा अभिभावक भेला थियो । त्यहाँ एकजना विद्यार्थीलाई निष्कासन र विद्यार्थीलाई कुटपिट गरिएको विषयमा छलफल गर्न भेला बोलाईएको थियो । संगठनको काममा अहोरात्र खटिरहनुभएका मित्रमणी आचार्य पनि त्यस दिन संगठनकै कामको शिलशिलामा मेघौली आईपुग्नु भएको थियो । उहाँको हत्याको योजना पहिले देखि नै गुन्डाहरुले गरेका थिए । त्यसदिन संगठनका दुई जना साथीहरूसँगै उहाँ मेघौली मावि जान थाल्नु भयो । उहाँ त्यहाँ आएको सुचना पाएर झण्डै ५०÷६० जना कांग्रेसी र मन्डले गुन्डाहरु भाला र खुकुरी सहित भेला भैइसकेका रहेछन् । मित्रमणी र उहाँका साथीहरू स्कुलमा नपुग्दै उहाँमाथी आक्रमण भयो । मित्रमणी बाँच्नको लागि नजिकैको एउटा थारु किसानको घरमा पस्नु भयो । तर गुन्डाहरुले घरको ढोका फोडि भित्र प्रवेश गरेर मित्रमणीमाथि निर्घात खुकुरी प्रहार गरे ।

    होहल्ला मच्चेपछी स्थानीय किसानहरु त्यहाँ जुटे । मित्रमणीलाई मर्‍यो भनी गुन्डाहरुले खाडलमा फाले र भागे । रक्ताम्मे अवस्थाका साथीहरूलाई किसानहरुले बोकेर भरतपुर अस्पतालमा पुराए । तर राती २ बजे अत्याधिक रक्तस्राव भएका कारण मित्रमणी आचार्यको निधन भयो । उहाँले सदाको लागि यो संसार त्याग्नु भयो । अर्को दिन हजारौं मानिसहरु चितवनमा भेला भए र उहाँको अन्तिम श्रद्धाञ्जलीमा समावेश भए । उहाँको श्रद्धाञ्जलीमा यति धेरै मानिस भेला भए कि उहाँको विद्यार्थी र जनताको विचमा कति धेरै प्रभाव थियो भन्ने स्पष्ट भयो । यसरी एउटा क्रान्तिकारी विद्यार्थी आन्दोलनको सशक्त नेतृत्वलाई कांग्रेस र मन्डलेहरुको अपराधिक झुन्डले हत्या गर्‍यो । अपराधमा संलग्न हत्याराहरुलाई प्रहरी प्रशासनले चिनेर पनि बचाउ गर्‍यो । तत्कालीन क्याम्पस प्रशासन, स्थानीय प्रशासन र गुन्डाहरुको मिलेमतोमा एउटा समाज परिवर्तनको उज्ज्वल नक्षेत्रको अवसान भयो ।

    उहाँले तत्कालीन सामन्ती पन्चायती व्यवस्थाको अन्त्यको लागि बोल्दै गर्दा आफ्नो जीवनको आहुती दिनुभयो । उहाँ र उहाँ जस्तै वीर सहिदहरुले रगतसँग साटेर नै देशमा अधिनायकवादी पन्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्थाको स्थापना भयो । आफ्नो जीवनको अन्त्यसम्म पनि मित्रमणीले जनता र विद्यार्थीको अधिकारको लागि लड्नु भयो । वास्तवमा मित्रमणी हाम्रो लागि ठूलो प्रेरणाको स्रोत हुनुहुन्छ । कहिलेकाहीं संगठन र राजनीति प्रती हरेस लाग्दा, मित्रमणीको सम्झनाले शरीरमा बेग्लै रक्त सञ्चार भएको महसुस हुन्छ । उहाँको जीवन पढ्दा जोस, जाँगर र परिवर्तनको लागि लड्न नयाँ शक्ति जागृत भएर आउँछ ।

    देश र समग्र विश्व कोरोनासँग लडिरहेको कारण आज सहिद मित्रमणीको स्मृतिमा हरेक वर्ष जस्तै स्मृति भेला गर्न सकेनौं । भेला गर्न नसकेपनि उहाँको सम्झना गरेका छौं र गरिरहने छौं । अखिल (छैठौं)ले प्युठानको विजुवारमा उहाँको सालिक बनाएको छ, रामपुर कृषि क्याम्पसमा पनि उहाँको सालिक छ, हरेक वर्ष ती ठाउँहरुमा उहाँको स्मृति कार्यक्रम हुने गर्दछन् । प्युठानमा एउटा सडकको नाम नै ‘मित्रमणी सडक’ नामाकरण गरिएको छ ।

    सहिद कमरेड मित्रमणी हाम्रो सामु हुनुहुन्न । तर उहाँले बोकेको विचार आज पनि हामीसँग जीवित छ । अहिले देशमा गणतन्त्र आएको छ । जननिर्वाचित प्रतिनिधिहरुले बनाएको संविधान छ । तर देशमा इमानको राजनीति छैन, बेइमानीहरुको हातमा शासन सत्ता छ । पद, सत्ता, शक्ति र सम्पत्तिको लागि नेताहरु मरिहत्ते गर्छन् । यो स्थितिमा पनि हामीले सहिद मित्रमणीको विचारलाई बोकेर हिड्ने प्रयास गरिरहेका छौं , गरिरहने छौं ।

    (लेखक अखिल (छैठौं) का केन्द्रीय सचिव हुनुहुन्छ)

    बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.