काठमाडौं । बाराका दुई र पर्साका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Advertisement
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभयो । । संक्रमित सबैलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिनुभयो ।
बुधबार पुष्टि भएका तीनै जना यसअघि वीरगन्ज–१६ का कोरोना संक्रमितसँगै दिल्लीको फर्किएका व्यक्ति भएको बताइएको छ ।
आजका तीनजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । संक्रमितमध्ये १६ उपचारपश्चिात निको भएर घर फर्किसकेका छन् ।