मस्को । रुसी सेनाले रुसी र युक्रेनी क्षेत्रमा गरी ५० युक्रेनी ड्रोन नष्ट गरेको मस्कोले शुक्रबार जनाएको छ ।
Advertisement
मन्त्रालयले रुसले कब्जा गरेको दाबी गरेका क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिज्झियामाथि ड्रोन नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।
वायु रक्षाप्रणालीले क्रास्नोडारमा १४ ओटा, जापोरिज्झिया क्षेत्रमा २६ ओटा र रोस्तोभ क्षेत्रमा १० ओटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुसले जापोरिज्झिया क्षेत्रलाई कब्जा गरेको दाबी गरे पनि यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गरेको छैन । (रासस/एएफपी)