• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?


  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
  • अमृतबाबु भट्ट ##

    Advertisement

    काठमाडौँ । एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका लागि आवश्यक खर्चको जोहो गर्ने र परामर्श लिने क्रममा हुनुहुन्छ । अबको ५० हजार विद्यार्थी एसइई पास गरेर ११ कक्षामा भर्ना हुनेछन् । यस क्रममा कक्षा ११ मा के पढ्नु उपयुक्त होला ? भनी अविभावकहरूले जिज्ञासा बढ्न थालेको छ ।
    विषय छनोट कसरी गर्ने ?

    हरेक बालबालिका १० कक्षासम्मको पढाइ पूरा गर्ने क्रममा उसको लगाव प्राकृतिक विज्ञान वा सामाजिक विज्ञानमध्ये एकातिर अलि बढी भएको कुरा उसको शिक्षक, अभिभावक वा ऊ आफैँले पहिचान गरेको हुनुपर्छ । प्रकृति विज्ञानअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान आदि पर्छन् । यसले एउटा तथ्यलाई संसारभरि त्यही तथ्यका रूपमा स्वीकार्छ । जस्तो दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउँदा त्यो नेपालमा भए पनि अमेरिकामा भए पनि पानी नै बन्छ, त्यो चाहिँ प्राकृतिक विज्ञान हो । समाज विज्ञानमा लेखा, अर्थशास्त्र, वाणिज्य शिक्षा आदि पर्दछन् । समाज विज्ञानले तथ्यलाई समयसापेक्ष बुझ्न सिकाउँछ । जस्तो नेपालको गरिबीका कारण अमेरिकाको गरिबीको कारणसँग मेल खाँदैन । त्यसैले समाज विज्ञान पढ्न पढाइसँग नेतृत्व गर्ने, व्यवस्थापन गर्ने आदि सीप विकास गर्दै लानुपर्ने हुन्छ ।

    यस क्रममा विद्यार्थी कक्षा ९ र १० तिर पढिरहँदा उसले दिने सृजनात्मक उत्तर, उसले बनाउने परियोजना कार्य, कक्षाको छलफल वा उसले प्रयोग गर्ने ग्याजेटस आदिबाट थाहा पाउन पनि सकिन्छ । यदि बालबालिकाहरू बढी जागरुक छभने उसले कोरेको आफ्नो भविष्यको योजनाले समेत यसको जानकारी दिन्छ । खासगरी प्राविधिक स्वभावको बालबालिकाले प्राकृतिक विज्ञान, सामाजिक सीप जस्तैः नेतृत्व लिन चाहने, भाषाशैलीमा महत्व दिने, व्यवस्थापकीय सीपमा चाख राख्ने बच्चाहरूले समाज विज्ञान पढेको राम्रो हुन्छ ।

    विशेष सीप जस्तैः सङ्गीत, हस्तकला, चित्रकला आदितिर झुकाव भएकाहरूले त्यसैअनुसारको विषय छनोट गर्न उपयुक्त हुन्छ । यी विषय छान्नुपूर्व विद्यार्थीहरूले पहिले आफ्नो जीवन खुसी हुने आदर्श पेसा कुन हो र केही गरी त्यो भएन भने दोस्रो छनोट के हो भनेर निर्धारित गर्नुपर्ने हुन्छ । त्यसका लागि १५, १६ वर्षको उमेरमा विद्यार्थीहरू पढेलेखेका अभिभावक र आफन्तहरू तथा मित्रहरूले सहयोग गुर्नपर्छ । त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो विषय छनोट गर्दा विषयको गम्भीरता र त्यसले दिने रोजगारी आपूmलाई मिल्दो, सुहाउँदो र इच्छाएको हुन्छ कि हुँदैन भन्ने विषयमा राम्ररी परिकल्पना गरेर निश्चित गर्नु उपयुक्त हुन्छ ।

    के गर्नु राम्रो हुँदैन ?
    हाम्रो पुरानो विश्वासका आधारमा धेरै नम्बर पाएका विद्यार्थीहरू प्राकृतिक विज्ञान पढ्ने, मेडिकल, इन्जिनियरिङ आदि गर्नुपर्ने भन्ने मान्यता राख्नु हुँदैन । कुनै पनि पेसा आफैँमा ठूलो सानो छैन । कुन तहको काममा सम्बन्ध छ भन्ने कुराले सन्तुष्टिको तहलाई फरक पार्दछ । अनावश्यक रूपमा बालबालिकालार्ई दसैँका टीका लगाउँदादेखि यस्तो बनोस्, उस्तो गरोस् भनेर सुनाउन आफैमा घुमाउरो पाराले अभिभावकको इच्छालाई विद्यार्थीको भविष्यमा मुखरित गरिएको हो । यो आफैमा घातक छ । कुनै पनि विद्यार्थीलाई सानो उमेरमै विज्ञान पढ्ने होला तिमीले, उसले–उसले यो पढेर यसो ग¥यो आदि कुरा गर्नु हुँदैन । किनकि त्यस्तो गर्दा विद्यार्थीको वास्तविक क्षमता भएको क्षेत्र पहिचान नै गर्न सक्दैन ।

    मानिस स्वभावतः ठूलो देखिन खोज्ने प्राणी हो । बालकालिकालाई हामीले विज्ञान ठूलो हो भन्ने प्रभाव दिँदा धेरै बालबालिकाहरूले आफू अरुहरूभन्दा ठूलो देखिनका लागि नै विज्ञान पढ्ने निधो गर्दछन् । यो अन्ततोगत्वा गलत हुन्छ । त्यस्तै कतिपय अवस्थामा बच्चाहरूलाई तिमीलाई जुन राम्रो लाग्छ, त्यही पढ भन्छौँ । यो पनि बच्चालाई आज राम्रो लागेको कुरा सधैँ राम्रो नलाग्न सक्छ । उसको कलिलो उमेरले त्यो सबै निर्णय गराउन पनि उपयुक्त हँुदैन । त्यसका लागि विज्ञहरूको परामर्श चाहिन्छ ।

    बालबालिकाले विषय छनोट केका आधारमा गरेको हो, त्यसै अनुसार विज्ञले परामर्श दिनु उपयुक्त हुन्छ । धेरै जस्तो अवस्थामा बालबालिका साथीभाइ जता जान्छन् र जे पढ्छन्, त्यसै गर्छु भनी आफ्नो निर्णय साथीलाई गर्न दिन्छ । यो अत्यन्त प्रत्युत्पादक हुन्छ ।

    त्यसैले कोही पनि बालबालिकाले विषय छनोट गर्दा भविष्यको पेसाको कमाई, सुरक्षा, नाम प्रतिष्ठा, पहिचान, बुबाआमाको इच्छा, देश प्रेम, समाजको आवश्यकतामध्ये कुन आधारमा गरेको छ भनी विज्ञसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ । केही विद्यार्थी तथा अभिभावकहरू अहिलेलाई विज्ञान पढ्दै गरौँ र पछि जता पनि जान पाइन्छ भन्ने खालको तर्क पनि गर्नुहुन्छ । कक्षा ११ मा पुग्दा फेरि नेपाली र अङ्ग्रेजीबाहेक अरू सबै विषयको विकल्प छ । आफू जाने पेसा र विषयलाई कम ध्यान दिएर अन्य विषयवस्तुलाई बढी समय दिइराख्नु पनि तर्कसङ्गत छैन ।

    प्रायः कक्षा १० सम्म विद्यार्थीको लगाव छुट्याउन नसकेका अभिभावकहरू यो मतमा आउनुहुन्छ, त्यो त्यति हितकारी छैन । केही अभिभावक विज्ञान गाह्रो विषय हो र त्यो पढेर पछि अरू विषय पढ्न सजिलो हुन्छ । त्यसैले अहिले विज्ञान नै पढ्दै गरोस् भन्ने तर्क दिनुहुन्छ । यो तर्क झट्ट हेर्दा सही हो कि जस्तो लागे पनि यस तर्कले विद्यार्थीको भावनालाई प्रतिनिधित्व कदापि गर्दैन । यसमा अभिभावकको विचारको हाबी देखिन्छ । केही अभिभावक र विद्यार्थीहरू कुन विषय पढ्दा विदेश जान सजिलो हुन्छ भनी प्रश्न गर्ने गर्नुहन्छ ।

    खासगरी विकसित देशहरूमा शिक्षा दिने तरिका ज्यादै फरक छ । उनीहरू अन्डर ग्राजुयट तहसम्म विद्यार्थीलाई सामान्य र धेरै विषय पढाउँछन्, दर्शनशास्त्रलाई धेरै महत्व दिन्छन् । विषय छनोटमा व्यापक लचकता दिन्छन् । त्यसैले हाम्रो पाठ्यक्रम उनीहरूको भन्दा नितान्त फरक हो । विदेश जानलाई कक्षा ११ को यो वा त्यो विषयले तात्विक फरक पार्दैन । कति अभिभावकहरू परामर्शमा आउँदा घुमाउरो हिसाबले आफ्नो बालबालिकाले डाक्टर, इन्जिनियर पढोस् भन्ने चाहनुहुन्छ । यसको कारण सोध्दा उहाँहरूको आफ्नो स्वार्थ देखिन्छ । कतै न कतै डाक्टरको इन्जिनियरको मामा, काका, आमाबुबा हुने स्वार्थ त्यसमा देखिनु सही हुँदैन किनकि कोही पनि विद्यार्थीले अभिभावकको स्वार्थलाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकहरू सबैभन्दा राम्रो विषय के हो ? भनी सोध्नुहुन्छ, यसको उत्तर के हुन सक्छ ? विषयहरू गुणात्मक रूपमा प्रस्तुत गर्न मिल्दैन, सानो ठूलो विषय भन्ने हुँदै हुँदैन । कुनै विषयलाई कुन तहसम्म अध्ययन गरियो र कस्तो जनशक्ति तयार भयो भन्ने कुरा नै प्रमुख हुन्छ ।

    के गर्नुपर्छ ?
    विसं २०८० को एसइईको नतिजा केही दिनभित्रै आउँदैछ । हामीसँग जति बाँकी दिनहरू छन्, ती दिनहरूमा विद्यार्थीलाई विभिन्न पेसाका बारेमा खोज अध्ययन गर्न लगाऊँ । विद्यार्थी कहिलेकाहीँ आफू सेतो कोट लगाएर मेडिकल डाक्टरको काम गरेको, कहिले नीलो कोट लगाएर प्रशासक बनेको, कहिले कालो कोट लगाएर न्याय तथा कानुन सेवामा काम गरेको, कहिले बैङ्कर भएको, कहिले प्रोफेसर भएको, कहिले फौजी सेवा, कहिले व्यापार–व्यवसाय आदिमा काम गरेको कल्पना गर्न लगाऊँ । सम्बन्धित त्यस्ता ठाउँहरूमा पु¥याएर कामको प्रकृति देखाऊँ, कामको अनुभूति पनि गराऊँ । तिमी १० वर्षपछि कुन काम गरिरहेको सपना देख्छौ भनी उसको बानी व्यवहार र रुचि निश्चित रूपमा पहिचान गर्न सक्यौँ भने उसले पहिले पेसा छनोट गर्न सक्छ । एउटा विद्यार्थीले पहिले आफ्नो पेसा छनोट गरोस् । अनि उक्त पेसालाई चाहिने विषय छनोट गरोस् । त्यसपछि उक्त विषय पढाउने संस्था छनोट गरोस् ।

    संस्था छनोट गर्दा पनि केही सावधानी अवश्य अपनाओस् ।
    सामान्यतयाः विद्यार्थीलाई अभिभावकहरूले कलेज हेरेर आऊ भनी पठाउनुहुन्छ, जब ऊ कलेज छनोट गर्न आउँछ, उसँग खासै केही प्रश्न हुँदैनन् । प्रायः विद्यार्थीले सोध्ने गर्छन्, “यो कलेज कस्तो छ ?” खासगरी कुनै पनि संस्थामा गएर यो संस्था कस्तो छ भनी सोध्दा के उत्तर आउँछ रु त्यसैले कलेज छनोट गर्न अभिभावकहरूले पनि विद्यार्थीसँगै जानुपर्छ र संस्थाको स्थायित्व, विगतको परीक्षाको परिणाम, पढिरहेका वा पढाइसकेका विद्यार्थीहरूको उदाहरण र सफलता, खर्च, पढाइको वातावरण, शिक्षक शिक्षिका र कर्मचारीको स्थायित्व र क्षमता, पूर्वाधार, लगानीकर्ता आदि पक्षको राम्रो तुलनात्मक अध्यापन गरेर मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ । कुनै संस्थाले अस्वाभाविक रूपमा अधिक खर्च लिँदैमा वा न्यून खर्चमा पढाइदिन्छ भन्दैमा वा खर्चको हिसाबमा मात्र शैक्षिक संस्थालाई राम्रो वा नराम्रो भन्नु गलत हुन्छ । कहिलेकाहीँ अस्वाभाविक ज्यादा मूल्यले पनि उपभोक्तालाई आकर्षण गरेको देखिन्छ । खासगरी यस समयमा कलिला विद्यार्थीहरूलाई राम्रो परामर्शदाता, विषयविज्ञ, अनुभवी र दक्ष मानव संसाधनविद्को परामर्शमा डो¥याउनु अति आवश्यक हुन्छ ।

    निष्कर्ष
    एउटा विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषय छनोट र स्कूल छनोट गर्ने कुरा उसको जीवनमा एकपटक मात्र आउने र उसको जीवनपर्यन्त महत्व राख्ने विषय भएकाले हामी अभिभावक र आफन्तहरूले उसको यो महत्वपूर्ण घडीमा अत्यन्तै सजग र जिम्मेवार हुनुपर्छ । यस कार्यमा अभिभावकले आफ्ना नानीबाबुलाई समय र साथ दिएर विषय छनोट गराउनु उपयुक्त हुन्छ । यस कार्यमा बौद्धिक र व्यावसायिक परामर्शदातासँग सल्लाह र सुझाव लिँदै विद्यार्थीको रुचिको विषय, उसको स्वभाव र बानी व्यवहारलाई समेत उपयुक्त हुनेमा ध्यान दिनुपर्छ । यस क्रममा पहिलो कुरा विद्यार्थीले भविष्यमा अपनाउन चाहेको पेसाको छनोट, दोस्रो कुरा उक्त पेसालाई चाहिने विषय छनोट र तेस्रो कुरा छानिएको विषयलाई राम्रो वातावरणमा उपयुक्त सेवा पु¥याउन सक्ने संस्थाको छनोट गर्नु उपयुक्त हुन्छ । यसरी विषय र संस्थाको छनोट गरे विद्यार्थीको अध्ययन सही मार्गमा प्रवेश गरेसँगै उसको भविष्यको पेसागत गन्तव्य सहज बन्छ र अभिभावकको लगानीको सदुपयोग हुन गई उनीहरूको मनोकाङ्क्षा पनि पूर्ण हुन्छ ।
    (लेखक काठमाडौँ बर्नहार्ट स्कूल/कलेजका प्रिन्सिपल हुनुहुन्छ)

    मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.