काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
आईतवार काठमाडौंमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
१९ औं एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९ औं एशियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सरकारको तर्फबाट खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम शुरु भएको बताए ।
उनले नेपालमा खेलाडीहरुको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताए । उनले खेलाडी, खेलप्रेमी, प्रशंसकहरुबाट सिकेको सुसंस्कृत कुराहरु राजनीतिमा समावेश गर्ने प्रतिवद्धता जनाए ।