महेश रिजाल, भालुबाङ ।
लुम्बिनी प्रदेशको सदरमुकाम दाङमा एकदिने मुक्त बँधुवा श्रमिकहरू (कमैया, हलिया र कमलरी) आदिको भूमिअधिकार, अन्य समस्या र तिनको समस्याबारे अन्तरक्रिया सम्पन्न भएको छ ।
राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा २०८१ जेठ ८ गते मङ्गलबार भालुबाङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मुक्त कमलरी समाजकी अङ्किता चौधरी, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिशचन्द्र चौधरी, राष्ट्रिय भूमिअधिकार मञ्च दाङका पूर्व अध्यक्ष मेघबहादुर बिसीलगायतले भाग लिनुभएको थियो ।
मन्तव्यको क्रममा उहाँहरूले सरकारले बँधुवा श्रमिकहरू कमैया, हलिया र कमलरी प्रथाको उन्मूलन गरे पनि उनीहरूको वास्तविक जीवनमा सुधार ल्याउने वा उनीहरूलाई अधिकारसम्पन्न गराउन नसकेको दाबी गर्नुभयो ।
सञ्जालका संयोजक नहेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष तथा भूमि आयोगका केन्द्रीय सदस्य भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, अप्फाका महासचिव तुलसी सापकोटालगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रियगान गाएर सहिदप्रति सम्मानस्वरूप मौनधारण गरी सुरु भएको उक्त कार्यक्रमको सञ्चालन प्रमेश पोख्रेलले र स्वागत मनतव्य अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश समितिका महासचिव सरिता भुसाल बेलबासेले गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का शेषुराम भण्डारी, अखिल नेपाल किसान महासङ्घका महासचिव धनेश्वर पोखरेल, अप्फाका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीसमेतको आतिथ्य रहेको थियो ।
