गैँडाकोट । नवलपुरको गैँडाकोटमा अखिल नेपाल महिला सङ्घको प्रथम नगर भेला समपन्न भएको छ ।
Advertisement
केन्द्रीय सदस्य बालकुमारी आचार्यको प्रमुख आतिथ्यमा २०८१ जेठ ५ गते बेल्डियामा उक्त भेला सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, नेकपा (मसाल) नवलपुर प्रवक्ता चन्द्र सापकोटा, समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विक, राष्ट्रिय जनमोर्चा गैँडाकोट अध्यक्ष होमनाथ पराजुली र अखिल नेपाल युवक सङ्घ नवलपुर अध्यक्ष गोविन्द अम्माईको आतिथ्य रहेको थियो ।
भेलाले शारदा सापकोटा अध्यक्ष रहनुभएको नौ सदस्यीय महिला सङ्घको गैँडाकोट नगर समिति चयन गरेको छ ।
इन्द्रकलीको अध्यक्षता तथा शारदा सापकोटाको सञ्चालनमा अगाडि बढेको उक्त भेलामा उपस्थित सहभागीलाई विष्णु पौडेलले स्वागत गर्नुभएको थियो ।
